नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ असार १८ गते बिहीबारको राशिफल

मेष 
आजको दिन मिश्रित फलदायी रहनेछ । मनमा नयाँ कामको उत्साह जागे पनि निर्णय लिन हतार नगर्नुहोला । व्यापार व्यवसायमा मध्यम प्रगति हुनेछ भने आर्थिक लेनदेनमा अलि सजग रहनु आवश्यक छ । परिवारको सहयोगले मनमा शान्ति मिल्नेछ र स्वास्थ्य सामान्य रहनेछ ।

वृष 
लामो समयदेखि रोकिएका अधुरा कामहरू आज बन्ने देखिन्छ । रचनात्मक काममा रुचि बढ्नुका साथै कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ । आर्थिक पक्ष बलियो बन्ने योग छ र नयाँ आम्दानीका स्रोत फेला पर्न सक्छन् । साथीभाइहरूसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

मिथुन 
आज मनमा अलि दुविधा वा अन्योल बढ्न सक्छ, त्यसैले आफ्ना योजनाहरू गोप्य राखेर अघि बढ्नुहोला । खर्चमा अलि नियन्त्रण राख्नुपर्ने देखिन्छ । कार्यस्थलमा सहकर्मीहरूसँग अनावश्यक विवादमा नपर्नुहोला । बोलीको प्रभाव घट्न सक्ने भएकाले विचार पु¥याएर मात्र बोल्नुहोला ।

कर्कट 
दिन निकै उत्साहजनक रहनेछ र नयाँ अवसरहरू हात लाग्न सक्छन् । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् भने रोकिएको वा फसेको धन फिर्ता हुन सक्ने सम्भावना छ । पारिवारिक माहोल सुखद रहनेछ र आफन्तजनबाट शुभ समाचार सुन्न पाउनुहुनेछ ।

सिंह 
समाज र कार्यक्षेत्रमा तपाईंको मान–सम्मान र प्रतिष्ठा बढ्नेछ । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ, जसलाई तपाईंले सफलतापूर्वक निभाउनुहुनेछ । सरकारी वा प्रशासनिक कामहरू सहजै सम्पन्न हुनेछन् । व्यवसायमा राम्रो नाफा कमाउन सकिनेछ भने बुवाको सहयोगले काम बन्नेछ ।

कन्या 
भाग्यले साथ दिनेछ र आज धार्मिक वा सामाजिक कार्यमा रुचि बढ्नेछ । लामो दूरीको यात्रा वा वैदेशिक कार्यका लागि गरिएका प्रयास सफल हुनेछन् । अधुरा कामहरू बिस्तारै सुल्झिनेछन् र पुराना साथीभाइहरूसँग सम्पर्क वा भेटघाट हुँदा मन प्रसन्न रहनेछ ।

तुला 
आजको दिन अलि सावधानी अपनाउनुपर्ने देखिन्छ र केही चुनौतीहरूको सामना गर्नुपर्न सक्छ । आर्थिक जोखिमयुक्त काम र नयाँ लगानीबाट आज टाढै रहनुहोला । गोपनीयतामा विशेष ध्यान दिनुस् । स्वास्थ्यमा केही कमजोरी महसुस हुन सक्ने भएकाले खानपानमा सजग रहनुहोला ।

वृश्चिक 
दिन आनन्दमयी र सुखद रहनेछ । व्यापार र व्यवसायमा राम्रो गति आउनेछ र नयाँ साझेदारीका कामहरूबाट दीर्घकालीन फाइदा पुग्नेछ । नयाँ सम्झौताका लागि समय अनुकूल छ । जीवनसाथी वा प्रेमी–प्रेमिकाको पूर्ण सहयोग, सल्लाह र प्रेम मिल्नाले मन प्रसन्न रहनेछ ।

धनु 
प्रतिस्पर्धामा विजय हासिल हुनेछ र शत्रु वा विरोधीहरू कमजोर हुनेछन् । पुराना ऋण, मुद्दा–मामिला वा विवादहरूबाट मुक्ति मिल्न सक्छ । कडा मिहिनेतको उचित फल पाइनेछ, कार्यक्षेत्रमा अनुकूल वातावरण बन्नेछ र स्वास्थ्य स्थिति पनि पहिलेभन्दा सुदृढ रहनेछ ।

मकर 
बौद्धिक क्षमता र तर्कशक्तिको विकास हुनेछ, जसले गर्दा अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । कला, साहित्य वा रचनात्मक क्षेत्रमा लागेकाहरूका लागि राम्रो अवसर आउन सक्छ । सन्तान वा परिवारका तर्फबाट सुखद समाचार प्राप्त हुनेछ र प्रेम जीवन सुमधुर रहनेछ ।

कुम्भ 
आज बढी समय घरपरिवार र घरायसी मामिलामा बित्नेछ तर मनमा केही चञ्चलता रहन सक्छ । जग्गाजमिन वा सवारी साधनको खरिद–बिक्रीको योजना बन्न सक्छ । आमाको स्वास्थ्यमा ध्यान दिनुहोला र पारिवारिक असमझदारीलाई संवादको माध्यमबाट हल गर्नु राम्रो हुन्छ ।

मीन 
पराक्रम र आत्मविश्वासमा वृद्धि हुनेछ । दाजुभाइ तथा सहकर्मीहरूको सहयोगले रोकिएका कठिन कामहरू पनि सहजै पुरा हुनेछन् । छोटो दूरीको यात्रा फलदायी हुन सक्छ । विशेष गरी लेखन, सञ्चार वा प्राविधिक क्षेत्रमा लागेकाहरूलाई आज राम्रो लाभ र सफलता मिल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्