मेष
दैनिक कार्यहरूमा केही ढिलासुस्ती वा प्राविधिक अवरोध आउन सक्छ, जसले गर्दा मानसिक तनाव बढ्ने सम्भावना रहन्छ । तर धैर्यता र संयम राख्नुभयो भने बेलुकीसम्म रोकिएका कामहरू बिस्तारै सुल्झिनेछन् । स्वास्थ्यमा सामान्य कमजोरी वा थकान महसुस हुन सक्छ, त्यसैले खानपान र आराममा विशेष ध्यान दिनुहोला । आर्थिक लेनदेन गर्दा सजग रहनुहोला ।
वृष
पारिवारिक सुख, शान्ति र सद्भाव बढ्ने सुखद दिन छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू मित्रजन र परिवारका सदस्यहरूको सहयोगमा सफलतापूर्वक सम्पन्न हुनेछन् । आर्थिक पक्ष बलियो रहनेछ र आम्दानीका नयाँ स्रोतहरू फेला पर्न सक्छन् । नयाँ व्यवसाय वा सेयर बजारमा लगानीको योजना बनाउन आजको दिन निकै उत्तम र फलदायी साबित हुनेछ ।
मिथुन
आज तपाईंको प्रभाव र पराक्रम बढ्नेछ । कार्यक्षेत्रमा देखिने चुनौती र प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्दै आफ्नो वर्चस्व कायम गर्न सकिनेछ । व्यापार व्यवसायमा सोचेभन्दा राम्रो मुनाफा कमाउने योग छ । वैदेशिक कार्य, रोजगार वा लामो दूरीको यात्राको तयारीमा हुनुहुन्छ भने आज सकारात्मक सुरुवात हुन सक्छ । रोकिएका प्रशासनिक कामहरू सुल्झिनेछन् ।
कर्कट
बौद्धिक, साहित्यिक र रचनात्मक काममा रुचि बढ्नेछ । विद्यार्थी वर्गका लागि अध्ययन अध्यापनमा प्रगति हुने र परीक्षा आदिका नतिजा सकारात्मक आउने समय छ । सन्तान वा परिवारका तर्फबाट कुनै सुखद र उत्साहजनक समाचार सुन्न पाइनेछ । प्रेम जीवनमा सामीप्यता बढ्नेछ भने मित्रहरूसँगको भेटघाटले मन प्रफुल्लित बनाउनेछ ।
सिंह
आज मनमा अलि अस्थिरता, अलमल वा उदासिनता छाउन सक्छ । महत्वपूर्ण निर्णयहरू हतारमा वा आवेशमा आएर नगर्नुहोला, अन्यथा नोक्सानी हुन सक्छ । घरजग्गा, सवारी साधन वा भौतिक साधनको खरिदबिक्री गर्दा कागजपत्र राम्रोसँग जाँच्नुहोला । आमाको स्वास्थ्यमा केही समस्या देखिन सक्ने भएकाले विशेष ख्याल राख्न आवश्यक छ ।
कन्या
तपाईंको हिम्मत, पराक्रम र आत्मविश्वासमा वृद्धि हुनेछ । नयाँ काम हातमा लिने साहस जुट्नेछ । दाजुभाइ तथा दिदीबहिनीसँगको सम्बन्ध अझ प्रगाढ र सहयोगी बन्नेछ । छोटो दूरीको फलदायी र मनोरञ्जनात्मक यात्राको सम्भावना देखिन्छ । सामाजिक र परोपकारी काममा सक्रियता बढ्नेछ, जसले गर्दा समाजमा मान–सम्मान र प्रतिष्ठा मिल्नेछ ।
तुला
आर्थिक दृष्टिकोणले आजको दिन निकै भाग्यशाली र राम्रो रहनेछ । लामो समयदेखि फसेको वा रोकिएको धन अचानक फिर्ता हुन सक्छ । बोलीको प्रभाव बढ्नेछ, जसले गर्दा बैंकिङ, सञ्चार, कला वा वकालत क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई विशेष सफलता मिल्नेछ । बोलीकै भरमा आफ्ना कामहरू फत्ते गर्न सकिनेछ । धन सञ्चयको राम्रो योग छ ।
वृश्चिक
आज तपाईंको आफ्नै राशिमा चन्द्रमाको प्रभाव रहेकाले मन प्रसन्न, उत्साहित र ऊर्जावान् रहनेछ । नयाँ योजना वा कार्यको सुरुवात गर्नका लागि समय निकै अनुकूल छ । समाज र कार्यक्षेत्रमा तपाईंको कामको उच्च मूल्यांकन हुनेछ, जसले गर्दा सामाजिक उचाइ र मान–प्रतिष्ठा बढ्नेछ । कला, साहित्य वा फेसनमा रुचि बढ्नेछ भने स्वादिष्ट भोजनको आनन्द मिल्नेछ ।
धनु
आज आम्दानीको तुलनामा खर्चको मात्रा अलि बढ्न सक्छ, त्यसैले बजेट सन्तुलनमा राख्न र फजुल खर्च नियन्त्रण गर्न आवश्यक छ । स्वास्थ्यमा केही समस्या, विशेषगरी आँखा वा खुट्टामा कष्ट वा अनिद्राको समस्या देखिन सक्छ । अनावश्यक विवाद, वादविवाद वा अदालती कामकाजबाट टाढै रहनु उचित हुनेछ ।
मकर
आज आम्दानी र लाभका नयाँ–नयाँ स्रोतहरू फेला पर्नेछन् । उद्योग, व्यापार वा व्यवसायमा विशेष फाइदा हुने र आर्थिक स्थिति सुदृढ बन्ने समय छ । पुराना साथीभाइ, सहयोगी र अग्रजहरूको पूर्ण सहयोग प्राप्त हुनाले रोकिएका कठिन कामहरू पनि सहजै बन्नेछन् । विशेष चाहना वा आकांक्षा पुरा हुने योग छ ।
कुम्भ
कर्मक्षेत्रमा ठूलो सफलता र पदोन्नतिको योग बनेको छ । राजनीतिक वा प्रशासनिक क्षेत्रमा हुनुहुन्छ भने वरिष्ठ अधिकारी वा हाकिमको मन जित्न सफल हुनुहुनेछ । नयाँ व्यावसायिक सम्झौता वा साझेदारीको काम अगाडि बढ्न सक्छ । पारिवारिक वातावरण सुखमय रहनेछ र बुबा वा अभिभावकको सहयोगले महŒवपूर्ण काम बन्नेछ ।
मीन
भाग्यले पूर्ण रूपमा साथ दिनेछ । लामो समयदेखि रोकिएका धार्मिक, सांस्कृतिक वा मांगलिक कार्यहरू आज अगाडि बढ्नेछन् । दूरदराजको यात्रा वा वैदेशिक कार्यमा सोचे अनुरूप सफलता मिल्नेछ । अध्यात्म र दर्शनतर्फ रुचि बढ्नेछ । समाजसेवा र परोपकारका काममा लाग्दा मानसिक शान्ति र आत्मसन्तुष्टि प्राप्त हुनेछ ।