नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ असार २५ गते बिहीबारको राशिफल

मेष
आज नयाँ क्षेत्रमा ठूलो रकम लगानी गर्न उपयुक्त समय होइन । साँझपख परिवारका सदस्यहरूसँग समय बिताउँदा मन अशान्तिबाट शान्तितर्फ मोडिनेछ । विद्यार्थी वर्गका लागि एकाग्रतामा कमी आउन सक्छ, त्यसैले अध्ययनमा थप मिहिनेतको आवश्यकता देखिन्छ ।

वृष
पारिवारिक सुख र सामाजिक प्रतिष्ठामा वृद्धि हुने दिन छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू आज मित्रजन वा बन्धुवान्धवको सहयोगमा पूरा हुनेछन् । व्यापार व्यवसायमा नयाँ अर्डर वा सम्झौता प्राप्त हुनाले आर्थिक स्थिति सुदृढ बन्नेछ । 

मिथुन
दाजुभाइ तथा दिदीबहिनीसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ र उनीहरूबाट आर्थिक वा नैतिक सहयोग प्राप्त हुनेछ । छोटो दूरीको फलदायी यात्राको योग पनि बनेको छ । स्वास्थ्य राम्रो रहनेछ र शरीरमा नयाँ ऊर्जा महसुस हुनेछ ।

कर्कट
मनमा केही चञ्चलता, भ्रम वा अस्थिरता रहन सक्ने दिन छ । कुनै पनि महŒवपूर्ण निर्णय हतारमा वा अरूको उक्साहटमा लागेर नगर्नुहोला, अन्यथा पछि पछुताउनुपर्ने स्थिति आउन सक्छ । कार्यक्षेत्रमा कामको चाप बढी हुनाले थकान र आलस्यता महसुस हुनेछ ।
सिंह
आज अनावश्यक खर्च र दौडधूप बढ्न सक्ने दिन छ । मिहिनेतको अनुपातमा प्रतिफल कम मिल्दा केही निराशा छाउन सक्छ । वैदेशिक व्यापार, वैदेशिक रोजगारी वा अध्यागमनसम्बन्धी काममा लागेकाहरूका लागि भने आजको दिन अनुकूल रहन सक्छ ।

कन्या
समाजमा तपाईंको कार्यको उच्च मूल्यांकन हुनेछ र मान–सम्मान प्राप्त हुनेछ । पुराना मित्रहरूसँग भेटघाट हुने र रमाइलो भोजभतेरमा सहभागी हुने अवसर मिल्नेछ । घरमा कुनै मांगलिक कार्यको चर्चा चल्न सक्छ ।

तुला
कार्यक्षेत्रमा तपाईंको वर्चस्व र प्रभाव बढ्नेछ । हाकिम तथा उच्च अधिकारीहरू तपाईंसँग प्रसन्न रहनेछन्, जसका कारण नयाँ र महŒवपूर्ण जिम्मेवारी प्राप्त हुन सक्छ । सरकारी वा प्रशासनिक कामहरू सहजै सम्पन्न हुनेछन् । 

वृश्चिक
धार्मिक, आध्यात्मिक र परोपकारी कार्यमा रुचि बढ्नेछ । विद्यार्थीहरूका लागि आजको दिन सफलताको ढोका खुल्ने योग छ । समाजमा तपाईंको सुकीर्ति फैलनेछ । नोकरीमा स्थानान्तरण वा नयाँ ठाउँमा काम गर्ने अवसर मिल्न सक्छ, जुन भविष्यका लागि फाइदाजनक हुनेछ । 

धनु
आजको दिन अलि सतर्क र सावधान रहनुपर्ने देखिन्छ । स्वास्थ्यमा अचानक गडबडी आउन सक्छ, विशेषगरी मौसमी रोग वा चोटपटकको भय रहनेछ, त्यसैले सवारी साधन चलाउँदा वा बाटो काट्दा विशेष ध्यान दिनुहोला । कार्यक्षेत्रमा पनि सोचेजस्तो प्रगति नहुँदा मन खिन्न हुन सक्छ । 
मकर
दाम्पत्य जीवन र पारिवारिक सम्बन्धका लागि आजको दिन अत्यन्तै सुखद् रहनेछ । नयाँ प्रेम सम्बन्धको सुरुवात हुन सक्छ वा पुराना सम्बन्धहरू विवाहमा परिणत हुने कुरा अगाडि बढ्न सक्छ । छोटो तर अत्यन्तै मनोरञ्जक र सुखद यात्राको योग पनि रहेको छ ।

कुम्भ
आजको दिन पराक्रम र उत्साह बढ्ने समय छ । अदालत वा सरकारी निकायमा चलिरहेका पुराना मुद्दा मामिलाहरू तपाईंको पक्षमा फैसला हुन सक्छन् । शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् र कार्यक्षेत्रमा तपाईंको प्रभाव बलियो बन्नेछ 

मीन
बौद्धिक र सिर्जनात्मक क्षमतामा वृद्धि हुनेछ । विद्यार्थी वर्गका लागि अध्ययन अध्यापनमा उत्कृष्ट नतिजा ल्याउने र नयाँ विषय सिक्ने राम्रो अवसर छ । कला, संगीत, लेखन वा अभिनय क्षेत्रमा लागेका व्यक्तिहरूले आज विशेष सफलता र लोकप्रियता कमाउन सक्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्