नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ असार ३० गते मंगलबारको राशिफल

मेष
आजको दिन नयाँ योजनाहरू सफल बनाउने र कार्यक्षेत्रमा उत्साह थप्ने खालको छ । करियरमा सकारात्मक र महŒवपूर्ण निर्णय लिने अवसर मिल्नेछ भने रोकिएका कामहरूले पनि गति लिनेछन् । व्यवसायमा नयाँ लगानीको सम्भावना रहे पनि हतार नगर्नुहोला । पारिवारिक सुख कायम रहनेछ र स्वास्थ्य राम्रो भए पनि यात्रा गर्दा थोरै धैर्यता अपनाउनु आवश्यक छ ।

वृष
लामो समयदेखि रोकिएको वा फसेको धन फिर्ता हुन सक्ने बलियो सम्भावना छ । शिक्षा, राजनीति तथा सामाजिक क्षेत्रमा तपाईंको कामको उच्च मूल्यांकन हुनेछ र मान–सम्मान मिल्नेछ । पुराना अलमलहरू हटेर कामहरू सहजै सम्पन्न हुनेछन् । तर, आज बोलीको कडापनले गर्दा नजिकका मानिससँग केही असमझदारी हुन सक्ने भएकाले संवाद गर्दा संयम रहनुहोला ।

मिथुन
बौद्धिक र रचनात्मक कार्यमा मन जानेछ । नयाँ ज्ञान वा सीप सिक्ने अवसर मिल्नेछ र कार्यक्षेत्रमा साथीभाइ तथा सहकर्मीबाट राम्रो सहयोग पाइनेछ । व्यापार व्यवसायमा हतारमा कुनै निर्णय नलिनुहोला । विलासिताका सामानमा अनावश्यक खर्च बढ्न सक्छ । पुराना मित्रहरूसँग भेटघाटको योग छ, तर मौसमका कारण स्वास्थ्यमा केही समस्या देखिन सक्ने भएकाले सजग रहनुहोला ।

कर्कट
सामाजिक दायरा र मान–प्रतिष्ठा बढ्नेछ । रचनात्मक कार्यमा अग्रसर हुँदा सफलता मिल्ने योग छ । कार्यक्षेत्रमा कामको चाप बढे पनि आकस्मिक धन लाभको सम्भावना रहनेछ; यद्यपि सेयर बजार वा नयाँ व्यापारमा तत्काल ठूलो लगानी नगर्नु नै सुरक्षित हुनेछ । पारिवारिक वातावरण सुखद रहे पनि टाउको दुखाइ वा थकान जस्ता सानातिना स्वास्थ्य समस्याले सताउन सक्छ ।

सिंह
आजको दिन निकै उत्साहजनक रहनेछ र आत्मबल बलियो हुनेछ । बोलीको प्रभाव बढ्ने भएकाले रोकिएका प्रशासनिक वा व्यावहारिक कामहरू सजिलै सुल्झिनेछन् । आर्थिक कारोबारमा फाइदा पुग्नेछ र बचत बलियो हुनेछ । घरपरिवारमा रहेका पुराना असमझदारीहरू हटेर सुखद वातावरण बन्नेछ । शारीरिक रूपमा पनि आज ऊर्जा र स्वास्थ्य बलियो रहनेछ ।

कन्या
मनमा आज केही दुविधा वा अलमल रहन सक्छ । सोचेका कामहरू पूरा गर्न सामान्य भन्दा बढी मेहनत र समय खर्चनुपर्नेछ । बजारमा फजुल खर्च बढ्ने योग भएकाले बजेट बनाएर मात्र अघि बढ्नुहोला । कार्यक्षेत्रमा सहकर्मीहरूसँग वैचारिक मतभेद हुन सक्छ । परिवारमा कुराकानी गर्दा संयम अपनाउनुहोला । 

तुला
हरेक दृष्टिकोणले निकै अनुकूल रहनेछ । रोकिएका कामहरू थोरै प्रयासले पनि पूरा हुनेछन् भने कार्यक्षेत्रमा नयाँ अवसर वा महत्वपूर्ण जिम्मेवारी मिल्न सक्छ । व्यापार व्यवसायमा राम्रो आम्दानी हुनेछ र नयाँ साझेदारीका लागि समय उपयुक्त छ । दाम्पत्य जीवन र प्रेम सम्बन्ध मधुर रहनेछ । स्वास्थ्यमा उल्लेख्य सुधार आउनेछ र पुराना रोगहरूबाट राहत मिल्नेछ ।

वृश्चिक
आजको दिन केही चुनौतीपूर्ण रहन सक्छ । मनमा नकारात्मक वा उदास विचारहरू आउन सक्ने भएकाले सकारात्मक रहने प्रयास गर्नुहोला । काममा सोचेजस्तो प्रगति नहुँदा केही निराशा हुन सक्छ, त्यसैले महŒवपूर्ण व्यावसायिक निर्णय लिनुअघि अनुभवी व्यक्ति वा अग्रजहरूको सल्लाह लिनु नै हितकर हुनेछ । 

धनु
हरेक काम गर्दा विशेष सतर्कता अपनाउनु पर्नेछ । अरूको कुरामा चाँडै विश्वास गर्दा धोका हुन सक्छ । विपक्षी वा गुप्त शत्रुहरू सक्रिय हुन सक्ने भएकाले आफ्ना कार्ययोजनाहरू गोप्य राख्नुहोला । आज सेयर बजार वा कुनै पनि जोखिमपूर्ण क्षेत्रमा लगानी नगर्नु नै बुद्धिमानी हुनेछ । बोली र व्यवहारमा संयमता नअपनाए नजिकका मित्रहरूसँग विवाद हुन सक्छ, स्वास्थ्य भने सामान्य रहनेछ ।

मकर
आजको दिन लाभदायक र प्रगतिशील रहनेछ । लामो समयदेखि योजना बनाएका कामहरूले मूर्तरूप लिनेछन् र पुरानो फसेको वा उधारो रकम उठ्ने बलियो योग छ । कार्यक्षेत्रमा तपाईंको पकड बलियो हुनेछ र महत्वपूर्ण व्यावसायिक सम्झौताका लागि दिन शुभ छ । परिवार तथा जीवनसाथीको पूर्ण सहयोग मिल्नेछ र मानसिक रूपमा प्रसन्नता छाउनेछ ।

कुम्भ
पुराना अडिएका समस्या र चुनौतीहरू बिस्तारै हट्दै जानेछन् । रोकिएका परियोजनाहरू पुनः सुरु गर्न वातावरण बन्नेछ । आर्थिक र सामाजिक रूपमा दिन फलदायी रहनेछ र नयाँ कामको प्रस्ताव आउन सक्छ । वैदेशिक कार्य वा दूरदराजको व्यापारबाट राम्रो लाभ मिल्नेछ । मित्रहरूसँगको सम्बन्ध प्रगाढ हुनेछ र शरीरमा नयाँ ऊर्जा महसुस हुनेछ ।

मीन
आज भागदौड र कार्यव्यस्तता बढी रहनेछ । धेरै कामहरू एकैपटक गर्न खोज्दा सोचेजस्तो नतिजा नआउन सक्छ । कार्यक्षेत्रमा कामको चापले गर्दा मानसिक र शारीरिक थकान महसुस हुनेछ । व्यापारमा स्थिति सामान्य रहे पनि लेनदेन गर्दा कागजी प्रक्रिया स्पष्ट राख्नुहोला । पारिवारिक मामिलामा अनावश्यक बहस वा विवादबाट टाढै रहनुहोला र खानपानमा सजग रहनु राम्रो हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्