नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ साउन ३ गते आइतबारको राशिफल

मेष
आजको दिन बौद्धिक र रचनात्मक कार्यका लागि निकै उत्तम छ । कार्यक्षेत्रमा तपाईंको निर्णय क्षमताको प्रशंसा हुनेछ । आर्थिक रूपमा लगानीका नयाँ अवसरहरू मिल्न सक्छ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ र बेलुकीपख कुनै शुभ समाचार सुन्न पाइनेछ ।

वृष
मनमा केही दुविधा वा अन्योलको स्थिति सिर्जना हुन सक्छ । कामको चापले गर्दा शारीरिक र मानसिक थकान महसुस हुन सक्छ । यद्यपि, आत्मबल बलियो राख्नाले रोकिएका काम बिस्तारै बन्नेछन् । आर्थिक मामिलामा अलि बढी सतर्कता अपनाउनु राम्रो हुन्छ ।

मिथुन
आज पराक्रम र कार्यक्षमतामा वृद्धि हुनेछ । लामो समयदेखि अड्किएका कामहरू दाजुभाइ वा नजिकका साथीभाइको सहयोगमा फत्ते हुनेछन् । छोटो दूरीको व्यावसायिक यात्राको योग छ । सामाजिक क्षेत्रमा तपाईंको वर्चस्व बढ्नेछ र शत्रुहरू कमजोर हुनेछन् ।

कर्कट
आर्थिक दृष्टिकोणले आजको दिन मध्यम फलदायी रहनेछ । धन आर्जनका नयाँ स्रोतहरू पहिल्याउन सकिनेछ । बोली र व्यवहारमा संयमता अपनाउनुहोला । प्राज्ञिक र अध्ययन–अध्यापनको क्षेत्रमा लागेकाहरूका लागि समय प्रगतिशील छ ।

सिंह
व्यापार–व्यवसाय र नयाँ लगानीका लागि आजको दिन निकै अनुकूल छ । तपाईंको नेतृत्व क्षमताको कदर हुनेछ । पारिवारिक वातावरण सुखद रहनेछ र मित्रवर्गसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ । लामो समयदेखिको योजनाले आज मूर्त रूप लिनेछ ।

कन्या
आज महŒवपूर्ण कामहरू सुरु गर्नुअघि पर्याप्त गृहकार्य र तयारीको आवश्यकता देखिन्छ । वैदेशिक व्यापार वा विदेश सम्बन्धी काममा लागेकाहरूका लागि दिन लाभदायक रहनेछ । सामूहिक काममा विवाद हुन सक्ने भएकाले आफ्नो विचार स्पष्टसँग राख्नुहोला ।

तुला
नयाँ व्यक्तिहरूसँगको भेटघाट र चिनजानले व्यावसायिक जीवनमा नयाँ मोड ल्याउन सक्छ । कतैबाट शुभ कार्यको निमन्त्रणा आउने वा सामाजिक समारोहमा सहभागी हुने अवसर मिल्नेछ । आपसी सम्बन्धमा सामीप्यता बढ्नेछ ।

वृश्चिक
कार्यक्षेत्रमा विगत केही समयदेखि रहँदै आएको मानसिक बोझ र तनाव हट्नेछ । हाकिम वा सहकर्मीहरूको पूर्ण सहयोग प्राप्त हुनाले कार्य सम्पादन सहज हुनेछ । गुमेको साख वा रोकिएको धन फिर्ता आउने सम्भावना छ । प्रशासनिक र सरकारी कामहरूमा सफलता मिल्ने योग छ ।

धनु
भाग्यले साथ दिने दिन छ । सानो प्रयासले पनि सोचेभन्दा राम्रो सफलता र बजारमा पहिचान दिलाउन सक्छ । धार्मिक वा परोपकारी कार्यमा रुचि बढ्नेछ । जीविकोपार्जनमा नयाँ अवसरहरू आउन सक्छन् । टाढाको यात्रा वा महŒवपूर्ण व्यावसायिक भेटघाट सफल रहनेछ ।

मकर
आज मौसमी स्वास्थ्य समस्या देखिन सक्छ । कार्यक्षेत्रमा सोचेअनुरूप प्रगति नहुँदा केही निराशा छाउन सक्छ । आज ठूलो आर्थिक जोखिम मोल्नु वा नयाँ सम्झौता गर्नु उपयुक्त हुँदैन । धैर्यताका साथ दैनिक काम मात्र अघि बढाउनुहोला ।

कुम्भ
व्यावसायिक साझेदारी वा सामूहिक कामबाट राम्रो लाभ मिल्नेछ । नयाँ व्यावसायिक योजना बुन्न र त्यसलाई कार्यान्वयन गर्न आजको दिन उत्तम छ । जीवनसाथी वा प्रियजनसँगको सम्बन्ध थप प्रगाढ बन्नेछ । विवाद र अनावश्यक बहसबाट भने टाढै रहनुहोला ।

मीन
बोली र प्रस्तुतिको प्रभावले बिग्रन लागेका कामहरू पनि सहजै बन्नेछन् । कार्यक्षेत्रमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै आफ्नो स्थान सुरक्षित गर्न सफल हुनुहुनेछ । आर्थिक कारोबार गर्दा भने तमसुक वा कागजात राम्ररी पढेर मात्र हस्ताक्षर गर्नुहोला ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्