मेष
रचनात्मक क्षमता र उत्साह बढ्नेछ । आफ्ना योजनाहरूमा मेहनत गर्दा सफलता प्राप्त हुनेछ । पारिवारिक सहयोग र नयाँ अवसर मिल्ने योग छ । नयाँ कार्यको थालनी गर्न आजको दिन विशेष लाभदायक साबित हुन सक्छ ।
वृष
घरपरिवारमा सुख–शान्ति छाउनेछ । पुराना साथीभाइ वा आफन्तबाट शुभ समाचार प्राप्त हुन सक्छ । खर्च नियन्त्रण गर्दै योजनाबद्ध काममा जोड दिनुहोला । रोकिएका पुराना कामहरूले गति लिनेछन् ।
मिथुन
नयाँ विषय वा सीप सिक्ने अवसर मिल्नेछ । विचार र संवादले काममा सहजता ल्याउनेछ । धेरै काम एकैपटक गर्नुभन्दा प्राथमिकता तोकेर अघि बढ्नु बुद्धिमानी हुनेछ । बौद्धिक क्षेत्रमा गरिएको प्रयासले सार्थक परिणाम दिनेछ ।
कर्कट
पारिवारिक जिम्मेवारी र घरायसी काममा व्यस्तता बढ्न सक्छ । आर्थिक कारोबार गर्दा सोचविचार गर्नुहोला । आफ्नो स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुहोला । अनावश्यक भागदौडबाट जोगिनु श्रेयस्कर हुनेछ ।
सिंह
समय अनुकूल रहेकाले सोचेका कामहरू सहजै अघि बढ्नेछन् । सामाजिक वृत्तमा प्रशंसा र मानसम्मान मिल्नेछ । साँझतिर रमाइलो खबर वा उपलब्धि मिल्न सक्छ । आत्मविश्वास उच्च रहनेछ ।
कन्या
अधुरा रहेका कामहरू पूरा गर्ने राम्रो अवसर छ । नयाँ कार्ययोजना बनाउन उपयुक्त दिन छ । यात्रा वा भागदौड गर्दा भने सामान्य सावधानी अपनाउनुहोला । व्यापार व्यवसायबाट सन्तोषजनक लाभ मिल्नेछ ।
तुला
आफ्ना व्यक्तिगत तथा व्यावसायिक काममा सफलता मिल्नेछ । मन प्रसन्न रहनेछ र आर्थिक पक्ष सुदृढ बनाउने प्रयास सफल हुनेछ । सहकर्मीहरूको साथ र सहयोगले ठूला कामहरू सम्पादन गर्न सकिनेछ ।
वृश्चिक
काममा एकाग्रता बढ्नेछ र रोकिएका अधुरा कामहरू क्रमशः अघि बढ्नेछन् । समसामयिक विषय र रणनीतिक निर्णयहरूमा ध्यान दिनु फलदायी हुनेछ । अग्रजहरूको सल्लाह सुझावलाई शिरोधार्य गर्दा फाइदा हुनेछ ।
धनु
मानसिक तनाव घट्नेछ र मनमा नयाँ उमंग छाउनेछ । इष्टमित्र र साथीभाइसँगको भेटघाटले मन खुसी राख्नेछ । धर्मकर्म तथा सामाजिक कार्यहरूप्रति रुचि बढ्नेछ । वैदेशिक यात्राको योग पनि रहेको छ ।
मकर
समयले साथ दिनेछ । महŒवपूर्ण कामहरू आफ्नै निगरानीमा गर्दा सफलता मिल्नेछ । आर्थिक कारोबार वा लगानीमा प्रगति हुने योग छ । लामो समयदेखि अल्झिएका कामहरू बन्नेछन् ।
कुम्भ
स्वास्थ्यमा ध्यान दिनुहोला । साथीभाइ र सहकर्मीको सहयोगले ठूला जटिलता सुल्झाउन सकिनेछ । बजेट र खर्चको सन्तुलन मिलाउनु आवश्यक छ । धैर्यताका साथ काम गरेमा अप्रत्याशित सफलता हात लाग्न सक्छ ।
मीन
आफ्नो इच्छाशक्ति बलियो राखेर काम गरेमा सोचेको नतिजा मिल्नेछ । आध्यात्मिक तथा रचनात्मक क्षेत्रमा मन जानेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ र नयाँ योजनामा विचार विमर्श हुनेछ । अध्ययन–अध्यापनमा सफलता मिल्नेछ ।