नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ साउन १० गते आइतबारको राशिफल

मेष
आज पहिले गरेका प्रयासहरूबाट सकारात्मक नतिजा मिल्नेछ । थालिएका कामहरू सजिलै सम्पन्न हुनेछन् । आर्थिक क्षेत्रमा सुधार आउनेछ । पारिवारिक साथ र सहयोग मिल्नेछ । 

वृष
रोकिएका कामहरू क्रमशः बन्दै जानेछन् । आज नयाँ योजना बनाउन अनुकूल समय छ । सहकर्मीहरूसँग छलफल गरेर अघि बढ्नुहोला । आर्थिक कारोबार र खर्चमा विचार पुर्याउनुहोला । 

मिथुन
मनमा नयाँ जाँगर र उत्साह बढ्नेछ । बौद्धिक तथा सिर्जनात्मक क्षेत्रमा सफलता मिल्नेछ । मित्रजन र सहकर्मीबाट राम्रो सहयोग पाइनेछ । समयको सही सदुपयोग गर्दा दिन फलदायी रहनेछ ।

कर्कट
नयाँ कामको सुरुवात गर्दा सामान्य अलमल हुन सक्छ । सम्बन्धित निकाय वा अनुभवी व्यक्तिसँग सल्लाह लिएर अघि बढ्नुहोला । खानपान र स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला ।

सिंह
तपाईंको बोली र विचारको प्रभाव बढ्नेछ । सानो प्रयासले पनि काममा राम्रो नतिजा मिल्नेछ । समाजमा तपाईंको प्रशंसा हुनेछ । आत्मबल उच्च रहनेछ । 

कन्या
आजको दिन जाँगरिलो र व्यस्त रहनेछ । दैनिक कामहरू समयानुसार सम्पन्न हुनेछन् । धेरै दिनदेखि खोजेको वस्तु वा समाधान फेला पर्न सक्छ । कामको चापले शारीरिक थकान हुन सक्छ । 

तुला
नयाँ मानिसहरूसँग चिनजान हुनेछ । सहकार्यको नयाँ अवसर मिल्नेछ । आफ्नो काम आफैं सम्पन्न गर्न पहल गर्नुहोला । परिवार वा मित्रजनलाई तपाईंको सहयोग आवश्यक पर्न सक्छ । 

वृश्चिक
चाँडो निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ । राम्रोसँग बुझेर अघि बढ्नुहोला । पुरानो अनुभवले नयाँ काममा ठूलो फाइदा दिनेछ । घर–परिवारमा सुखद् र सहयोगात्मक वातावरण रहनेछ ।

धनु
नयाँ ठाउँको यात्रा गर्ने अवसर जुट्न सक्छ । फरक वातावरणमा काम गर्ने मौका मिल्नेछ । मनमा लागेका योजनाहरू सुरु गर्ने जाँगर चल्नेछ । पारिवारिक विषयमा थोरै ध्यान दिनुहोला । 
मकर
अधुरा र रोकिएका कामहरू पूरा गर्ने सोच बन्नेछ । समसामयिक र व्यावहारिक विषयमा ध्यान केन्द्रित गर्नुहोला । परिवारका सदस्यसँग सल्लाह गरेर लिएका निर्णय लाभदायक हुनेछन् ।

कुम्भ
नयाँ सोच र जुक्तिले पुराना समस्याहरू हल गर्न सकिनेछ । विविध कामको जिम्मेवारीले व्यस्तता बढाउनेछ । कामको नतिजा सकारात्मक रहनेछ । साँझपख कुनै खुसीको खबर सुन्न पाइनेछ । 

मीन
आफूलाई मनपर्ने काममा समय बिताउन पाइनेछ । सिर्जनात्मक कामले मन प्रसन्न हुनेछ । अरूको कुरामा धेरै नअल्झी आफ्नो लक्ष्यमा केन्द्रित हुनुहोला । स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुहोला ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्