नेभिगेशन
खेलकुद

उपाधि भारतलाई, नेपाल उपविजेता

दृष्टिविहीन महिला टी–२०

पहिलो दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ । श्रीलंकाको कोलम्बोमा भएको फाइनलमा नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२ ओभरमा पूरा गर्‍यो ।

टस हारेर पहिले ब्याटिङ गरको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ११४ रन बनाएको थियो । जवाफमा भारतले तीन विकेटको क्षतिमा ११७ रन बनायो । भारत र श्रीलंकामा आयोजित प्रतियोगितामा नेपाल र भारतसँगै अष्ट्रेलिया, पाकिस्तान, श्रीलंका र अमेरिका पनि सहभागी थिए ।

फाइनलमा भारतकी फुला सेरेनले २७ बलमा ४४ रन बनाइन भने नेपालका लागि सरिता घिमिरेले ३८ बलमा ३५ रन बनाइन् । यसप्रकारको क्रिकेटमा प्लास्टिकको ‘ह्वाइट बल’ प्रयोग हुन्छ । बलभित्र ‘ब्यारिङ’ प्रयोग गरिएको हुन्छ, जसको सहायताले ब्याट र बलको अवस्था थाहा पाउँछ । बलरले ब्याटरलाई सोधेर मात्रै बलिङ गर्नुपर्ने हुन्छ । क्रिकेटमा पनि सामान्य जस्तै ११ खेलाडी हुन्छन् । तर चार जना पूर्णरूपमा दृष्टिविहीन हुनुपर्ने नियम छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद