नेभिगेशन
खेलकुद

माछापुच्छ्रे टेनिसमा शिवाली च्याम्पियन

पोखरामा जारी २२औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस महिलातर्फ शिवाली गुरुङ च्याम्पियन बनेकी छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको मंगलबार सम्पन्न फाइनलमा शिवालीले नेपाल शीर्ष वरीयताप्राप्त सुनिरा थापालाई ६–३, ६–२ को सेटमा पराजित गर्दै उपाधि आफ्नों नाम गराएकी हुन् ।

मेन्स सिंगल्सतर्फ पनि नेपाल नम्बर १ खेलाडी प्रदीप खड्काको यात्रा सेमिफाइनलमै सीमित बनेको छ । उनलाई आयुष्मान हजुर घलेले २–१ को सेटमा पाखा लगाउँदै आफूलाई अन्तिम दुईमा उभ्याए । पहिलो सेट २–६ ले आफ्नो पक्षमा पारेका प्रदीपले दोस्रो र तेस्रो सेट क्रमश ६–४, ६–२ ले गुमाए । अर्को सेमीफाइनलमा भारतबाट आएका नेपाली खेलाडी करनबहादुर थापाले राजवीर प्रधानलाई ६–३, ६–२ को सोझो सेटमा पराजित गरे । यो सँगै प्रतियोगिताको मुख्य इभेण्ट मेन्स सिंगलको उपाधिका लागि आयुषमान र करणको भेट पक्का भएको हो ।

५५ वर्षभन्दा माथिका पुरुष एकलतर्फ चन्द्र शाही प्रथम भएका छन् । जीवन घिमिरेलाई ६–०, ६–४ ले पराजित गर्दै शाहीले उपाधि रक्षा गरेका हुन् । ४५ वर्ष माथि पुरुष सिंगल्समा कमल भण्डारीले फाइनलमा देव क्षेत्रीलाई ६–२, ६–० को सोझो सेटमा हराउँदै उपाधि जिते । ३५ वर्ष माथि सिंगल्समा पूर्व नेपाल नं १ जितेन्द्र परियार र सन्तोष खत्री फाइनलमा भिड्ने भएका छन् । मंगलबार सम्पन्न सेमीफाइनलमा जितेन्द्रले पेमा नोर्वुलाई ६–०, ६–२ ले तथा सन्तोषले भीष्मजंग गुरूङलाई ६–४, ६–४ ले पराजित गरी उपाधि नजिक पुगेका छन् । प्रतियोगिताको फाइनल खेल बुधबार हुने सुपरभाइजर कुमार अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद