नेभिगेशन
अर्थतन्त्र

वाणिज्य बैंकहरूले ६ महिनामा कमाए ३० अर्ब ५९ करोड

काठमाडौं । निष्क्रिय कर्जा बढेर कर्जा नोक्सानी व्यवस्थामा वृद्धि हुँदा पनि वाणिज्य बैंकहरूको नाफा बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूले गत आवको तुलनामा ११.५१ प्रतिशतले नाफा बढाएका हुन् ।          

गत आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा २७ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ नाफा कमाएका २० वाणिज्य बैंकले चालु आवको सोही अवधिमा ३० अर्ब ५९ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । ११ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने ९ बैंकको घटेको छ ।          

कर्जा नोक्सानी व्यवस्थाको रकम उल्लेख्य बढेको छ । कर्जा नोक्सानी व्यवस्थामा गत आवको दोस्रो त्रैमाससम्म २४ अर्ब ६७ करोड ७१ लाख रुपैयाँ छुट्याएको बैंकहरूले पुससम्ममा २८ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ छुट् याउनुपरेको छ ।              

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नबिल बैंकले सबैभन्दा धेरै ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै ग्लोबल आईएमई बैंकले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कुमारी बैंकले २ अर्ब ७२ करोड, एभरेस्ट बैंकले २ अर्ब ११ करोड र प्राइम कमर्सियल बैंकले २ अर्ब ४ करोड नाफा कमाएको छ । राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७७ करोड, एनएमबी बैंकले १ अर्ब ६४ करोड, नेपाल इन्भेस्टमेन्ट मेगाले १ अर्ब ६१ करोड, सिद्धार्थ बैंकले १ अर्ब ३२ करोड, नेपाल बैंकले १ अर्ब ३० करोड र सानिमा बैंकले १ अर्ब ३९ करोड नाफा आर्जन गरेको छ ।            

त्यस्तै, स्ट्यान्डर्ड चार्टडले १ अर्ब ३७ करोड, हिमालयन बैंकले १ अर्ब २९ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब ३ करोड, प्रभु बैंकले १ अर्ब १ करोड, माछापुच्छ्रे १ अर्ब १ करोड, कृषि विकासले ७० करोड ७४ लाख, सिटिजन्सले ३५ करोड ८९ लाख र एनआईसी एशियाले १३ करोड १२ लाख कमाएको छ । लक्ष्मी सनराइज बैंकले नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्