नेभिगेशन
खेलकुद

एनपीएलका लागि ‘आइकनिक प्लेयर’ छनोट गर्न लुम्बिनी लायन्सले ट्यालेन्ट हन्ट गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले आगामी संस्करणका लागि उत्कृष्ट युवा खेलाडी छनोट गर्न ‘प्रतिभा ट्यालेन्ट हन्ट’ कार्यक्रम आयोजना गर्ने भएको छ । जिल्ला क्रिकेट संघ बाँके, नेपालगन्जको आयोजनामा हुने यो कार्यक्रम कार्तिक १३ गते बिहीबार बाँकेस्थित कोहलपुर क्रिकेट रंगशालामा सञ्चालन हुनेछ । बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चल्ने उक्त कार्यक्रममा तीन जना उत्कृष्ट युवा खेलाडीहरू छनोट गरिने लुम्बिनी लायन्सले जनाएको छ ।

तीमध्ये एक जना खेलाडीलाई मुख्य टोली (मेन टिम) मा स्थान दिइनेछ भने दुई जना खेलाडीहरूलाई विकास टोली (डेभलपमेन्ट टिम) मा राखिनेछ । छनोट भएका खेलाडीहरूलाई आगामी मंसिर १ गतेदेखि सुरू हुने नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा सहभागी हुने अवसर प्रदान गरिनेछ ।

लुम्बिनी लायन्सले यसअघि नै एनपीएलको दोस्रो संस्करणका लागि ६ जना प्रमुख खेलाडीहरूलाई रिटेन गरिसकेको छ । ट्यालेन्ट हन्ट कार्यक्रममार्फत नयाँ प्रतिभा खोजी गरेर नेपाली क्रिकेटको स्तरलाई अझ उचाइमा पु¥याउने लक्ष्य क्लबले राखेको छ ।

कार्यक्रममा लुम्बिनी लायन्सकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे, क्रिकेट संघ नेपाल (क्यान) का पदाधिकारीहरू तथा अन्य सम्मानित व्यक्तित्वहरूको उपस्थिति रहने जनाइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्