नेभिगेशन
राजनीति

जनार्दन शर्माले छाडे माओवादी केन्द्र, ‘प्रगतिशील अभियान नेपाल’ सुरु गरेको घोषणा

काठमाडौं (संवाददाता)– माओवादी केन्द्रका वरिष्ठ नेता र पूर्वमन्त्री जनार्दन शर्माले अन्ततः पार्टी छाड्दै नया“ राजनीतिक अभियानको घोषणा गरेका छन् । ललितपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत उनले प्रगतिशील अभियान नेपाल नामक राजनीतिक अभियान सार्वजनिक गर्दै माओवादी केन्द्रस“गको औपचारिक सम्बन्ध अन्त्य भएको घोषणा गरे ।

माओवादी केन्द्रले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसहितका आठ दलस“ग एकीकृत हुने सहमति गरेर एकता घोषणा हुने बेलामा शर्मास“गै सचिवालय सदस्य राम कार्की अलग भएका हुन् । उनीहरुले छुट्टै दल बनाउने संकेत गरेका छन् । 

‘हामीले माओवादी आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संरक्षण र सुदृढ पार्ने उद्देश्यसहित यो अभियान थालेका हौं । तर, अहिलेको माओवादी पार्टीले त्यही मूल्य र विचारधाराबाट विचलन गरेको महसुस भएकाले नया“ बाटो रोज्न बाध्य भयौं,’ शर्माले भने । आफ्नो अभियानले देशमा व्याप्त असमानता, भ्रष्टाचार, बेरोजगारी र असमान सत्ता वितरणका विरुद्ध आवाज उठाउने दाबी उनले गरे ।

पूर्व गृहमन्त्रीसमेत रहेका शर्माले आफ्नो अभियानलाई कुनै नया“ पार्टी नभई राजनीतिक जागरणको आन्दोलनका रूपमा अघि बढाउने बताए । उनले प्रगतिशील, वामपन्थी र जनमुखी विचारमा विश्वास गर्ने सबैलाई अभियानमा सहभागी हुन आह्वान गरे । ‘यो कुनै विभाजन होइन, वैचारिक सुधारको प्रयास हो,’ उनले स्पष्ट पारे ।

पार्टीमा लामो समयदेखि उनको संयोजक पुष्पकमल दाहाल प्रचण्डस“ग मतमतान्तर भइरहेको थियो । एकीकृत समाजवादीस“ग पार्टीको एकीकरणका विषयमा पनि उनले फरक मत राखेका थिए । तर प्रचण्डले भने शर्माले पार्टी परित्यागको औपचारिक जानकारी नदिएको दाबी गरेका छन् । उनले सञ्चारकर्मीस“ग भने, ‘हामीस“ग उनले पार्टी छाडेको कुनै औपचारिक पत्र आएको छैन । उनले वैचारिक असहमति जनाउन पाउ“छन्, तर त्यो पार्टी फुटाउने कारण होइन ।’

शर्मा विगत दुई दशकदेखि माओवादी राजनीतिमा सक्रिय नेता हुन् । जनयुद्धकालमा माओवादी सेनाका राजनीतिक कमिसारका रूपमा रहेका उनले गृहमन्त्री, ऊर्जामन्त्री र अर्थमन्त्रीका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए । पछिल्ला वर्षहरूमा उनी पार्टीभित्र नीतिगत निर्णय र सत्तासाझेदारीमा असन्तुष्टि राख्दै आएका थिए ।

राजनीतिक विश्लेषकहरूका अनुसार शर्माको यो कदम माओवादी केन्द्रका लागि आन्तरिक चुनौतीका रूपमा देखिएको छ । पार्टीभित्र अन्य असन्तुष्ट नेताहरू पनि वैकल्पिक सोचमा उन्मुख भएको चर्चा छ ।

पत्रकार सम्मेलनमा शर्मास“गै माओवादी सचवालय सदस्य कार्की पनि उपस्थित थिए । आफूहरु नया“ अभियान लिएर अघि बढेकाले शुभेच्छुकलाई सघाउन आग्रह गरे । ‘प्रगतिशील अभियान नेपाल’ ले अब देशभर संरचना विस्तार गरी युवापुस्तालाई आकर्षित गर्ने योजना बनाएको जनाइएको छ । शर्माले निकट भविष्यमा राजनीतिक भेला र राष्ट्रिय सम्मेलनमार्फत अभियानको नीति–दिशा सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन् ।

माओवादीमा एकता अनुमोदन
माओवादी केन्द्रले एकीकृत समाजवादीसहित विभिन्न सात दलस“ग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रस्ताव मंगलबार अनुमोदन गरेको छ । पार्टीको महाधिवेशन आयोजक समितिको बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् । 

उनका अनुसार एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहनेछ । पार्टीको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुने र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने उनले बताएका छन् । तात्कालिक कार्यनीति पु“जीवादी, जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वतन्त्रताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक–आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने रहेको उनले उल्लेख गरे । 

‘पार्टीले अब गर्ने आन्दोलन शान्तिपूर्ण हुनेछ,’ उनले भने । परिस्थितिअनुसार सडक, सदन र सरकार लगायत सबै मोर्चा आन्दोलनका माध्यम बन्ने उनले बताए । 

आठ दलको पार्टी एकता राष्ट्रिय सम्मेलन बुधबार हु“दैछ ।   सम्मेलनबाट पार्टी एकता, घोषणापत्र, अन्तरिम विधान पारित र केन्द्रीय समिति गठन लगायतका काम सम्पन्न गरिने जानकारी उनले दिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्