नेभिगेशन
राजनीति

पुनर्गठित कांग्रेससहित चुनावमा जान महामन्त्री थापाको आह्वान

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बुधवार भिडियो सन्देशमार्फत् पुनर्गठित कांग्रेससहित चुनावमा जान आह्वान गरेका छन् । यो नै जेनजी आन्दोलनको म्याण्डेट अनुसार हुने र कांग्रेसलाई पनि जनताले विश्वास गर्ने वातावरण बन्ने महामन्त्री थापाको भनाइ छ ।

जनताको विश्वास जित्न पनि कांग्रेसमा चुनाव अघि नै महाधिवेशन अनिवार्य भएको महामन्त्री थापाको जिकिर छ । पार्टीभित्रको आन्तरिक विवादमा केन्द्रीत हुँदै उनले जारी गरेको भिडियो सन्देशमा पदाधिकारी, केन्द्रीय सदस्यको मात्रै नभएर कार्यकर्तासँगै आम नागरिकको पनि माग पनि पार्टी पूनर्गठन भएको दाबी गरे ।

कांग्रेसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्नेमा अहिले बहस भइरहेको छ । कांग्रेसका शीर्ष नेताहरू नियमित महाधिवेशनको पक्षमा उभिएका छन् । तर महामन्त्री गगन थापा पक्षले विशेष महाधिवेशनको माग गर्दै आएको छ । विशेष महाधिवेशन माग गर्दै महाधिवेशन पक्षधरले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई असोज २९ गते हस्ताक्षर समेत बुझाइ सकेका छन् । चुनाव अघि पुस १६–१९ भित्र विशेष महाधिवेशन हुने पर्ने प्रस्ताव महामन्त्री थापाको छ । 

महामन्त्री थापाको काउन्टरमासंस्थापन पक्षका नेताहरूको धोबिघाट भेलाले नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने निर्णय गरेको थियो । सोही निर्णय अन्तर्गत मंगलबारको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७–३० सम्ममा नियमित महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका थिए ।

यद्यपी पार्टी केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशन र नियमित महाधिवेशनको छुट्टाछुट्टै कार्यतालिका प्रस्तुत भए पनि कांग्रेसले केही निर्णय गरेको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेसमा गगनको घुर्की

कांग्रेसमा गगनको घुर्की

मुठभेडतर्फ एमाले

मुठभेडतर्फ एमाले