नेभिगेशन
राजनीति

मतदातालाई प्रधानमन्त्रीको सन्देश

काठमाडौं (संवाददाता) – प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा मतदानमा भाग लिन नयाँ मतदातालाई सन्देश दिएकी छन् । नयाँ मतदाताको नामावली संकलन भैरहेका बेला प्रधानमन्त्री कार्कीको सन्देश आएको हो । 

लोकतान्त्रिक समाजमा नागरिकका सपना साकार पार्नका लागि दुईवटा मूलभूत साधन रहेको बताएकी छन् । नागरिकको विवेकलाई उनले पहिलो मूलभूत साधनको रुपमा व्याख्या गरेकी छन् । 

विवेकलाई प्रयोग गर्ने आधिकारिक साधन मतदाता परिचय पत्र भएको उनले बताएकी छन् । जेनजी पुस्ताको आन्दोलनपछि बनेको अन्तरिम सरकारले फागुन २१ का लागि प्रतिनिधिसभाको चुनाव तोकिएको छ । संसद विघटनपछि बनेको सरकारले जेनजी पुस्तालाई समेट्नका लागि अध्यादेशमार्फत मतदाता नामावली समेट्ने व्यवस्था गरेको थियो । 
 
‘जेनजी युवा र समस्या नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन, सबैभन्दा पहिला सबैले मतदाता परिचय पत्र बनाउनुपर्छ । अनि मात्रै त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ,’ प्रधानमन्त्रीले भनेकी छन् । 

आफैँ सही प्रतिनिधि बन्न, विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गर्न आग्रह गरेकी छन् । मताधिकारको सदुपयोग गर्न मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीले आग्रह गरेकी छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेसमा गगनको घुर्की

कांग्रेसमा गगनको घुर्की

मुठभेडतर्फ एमाले

मुठभेडतर्फ एमाले