नेभिगेशन
राशिफल

२०८२ कात्तिक २३ आइतबारको राशिफल

मेष 
आर्थिक लाभको संकेत छ । नयाँ कामका अवसर आउने सम्भावना उच्च छ, जसले धनलाभ हुन सक्छ । तर, खर्च पनि हुनेछ । ऋण लिनुअघि सोचेर अगाडि बढ्नु उत्तम हुनेछ । 

वृष
कारोबारमा नाफाको अवसर छ । वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा आफन्त सहयोग पाइनेछ । आर्थिक  स्थिति सुदृढ हुँदा मन प्रसन्न रहनेछ । 

मिथुन
गरिरहेको प्रयासमा आर्थिक स्रोत जुट्ने सम्भावना छ । घरपरिवारको सहयोग रहनेछ । समयमा काम नगर्दा भने जोखिम पनि छ । नयाँ काम थाल्न दिन उत्तम छ । 

कर्कट
लाभको पछि लाग्दा नोक्सानमा परिनेछ । सतही सल्लाहले हित नगर्नेमा सावधानी आवश्यक छ । दिन सामान्य रहला । लगानीका अवसरको जाँच गर्दा हित हुनेछ । 

सिंह
धनलाभको योग छ । तर, गरिरहेको काम छाडेर नयाँ विकल्पमा हतार गर्दा जोखिममा परिनेछ । सहकर्मीबाट सहयोग पाइनेछ । धैर्य र सुझबुझले प्रशंसा पाइनेछ । 

कन्या 
आर्थिक विवादमा पर्ने योग छ । कारोबारमा नयाँ सम्झौताको बाटो खुल्नेछ । जसले लाभको बाटो सहज बनाउनेछ । अव्यवस्थित समय तालिका भने सुधार्नु जरुरी छ । 

तुला
कार्यदक्षता देखाउने मौका छ । आर्थिक लाभ हुनेछ । कार्यक्षेत्रमा अरुलाई प्रभावित पारेर लाभ पाइनेछ । तथापि अधिक जिम्मेवारी आफैंले मात्रै लिँदा समस्या हुनसक्छ । 

वृश्चिक
अध्ययन तथा पेसागत क्षेत्रमा सहयोग पाइनेछ । आर्थिक लाभको ढोका खुल्नेछ । उच्च अधिकारीको समर्थन पाइनेछ । भावनात्मक उत्तेजना भने नियन्त्रण गर्नु हितकर हुनेछ । 

धनु 
आर्थिक प्रगतिको सम्भावना छ । कार्य क्षेत्रमा प्रगतिको योग छ । तर  प्रतिस्पर्धीहरूले पछाडि तान्ने  प्रयास गर्न सक्छन् । वित्तीय निर्णयमा विशेष सतर्कता आवश्यक छ ।

मकर
महत्वपूर्ण कार्यमा विघ्नबाधा देखा पर्नेछ । खर्च वृद्धिको योग छ । नयाँ कामको निर्णयमा हतारिने बेला छैन । साँझतिर भने सहयोग पाइनेछ । धैर्यले कार्य क्षेत्रमा सजिलो बनाउनेछ ।

कुम्भ 
रोकिएका काम पुरा हुनेछन् । आर्थिक स्थिति मध्यम रहनेछ । राजनीतिक वा सामाजिक क्रियाकलापमा सहभागी भइनेछ । अधिक उत्साहले खर्च वृद्धि हुन सक्छ । 

मीन 
विशिष्ट व्यक्तिको सल्लाह आर्थिक दृष्टिले उपयोगी हुनेछ । सामाजिक क्षेत्रमा काम गर्ने सकारात्मक ऊर्जाले आर्थिक व्यवहारमा पनि सन्तुलन ल्याउनेछ । नयाँ लगानीका लागि भने दिन उत्तम छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राशिफल