नेभिगेशन
खेलकुद

तयारीको अन्तिम चरण

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ । एनपीएल सुरु हुनुअघि नै रंगशाला तयार गर्ने लक्ष्य छ । प्यारापिट निर्माणको भौतिक प्रगति ९५ प्रतिशत छ भने फ्लडलाइटका ६ वटै पोल उभ्याएर तिनमा लाइट जडानको काम हुँदैछ । मैदानमा राति पनि निर्बाधरूपमा खेल सञ्चालन गर्न ६० मिटर अग्ला ६ वटा ३०–३० टनका हाइमास्ट लाइट रहनेछन् ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ बाट सुरु हुने तालिका छ । उपाधिका लागि ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । यसपालीको तालिकाअनुसार एनपीएलका लिग चरणका १९ खेल त्रिवि क्रिकेट रंगशालामा फ्लडलाइटमा हुनेछन् । प्लेअफका ३ तथा फाइनल खेल पनि फ्लडलाइटमा हुने नेपाल क्रिकेट संघले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्