नेभिगेशन
अर्थतन्त्र

सन् नेपाल र लुम्बिनी वर्ल्ड पीसबीच सहकार्य

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो दीर्घकालीन सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लुम्बिनी वर्ल्ड पीस फोरमसँग साझेदारी गर्दै ‘वान मिलियन ट्रीज क्याम्पेन’ अघि बढाउने भएको छ । वातावरण संरक्षण, प्राकृतिक सन्तुलन र हरियाली प्रवर्धनमा योगदान पुर्‍याउने उद्देश्यसहित सुरु गरिएको यस अभियानले देशभरका समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

कम्पनीका अनुसार, ‘वान मिलियन ट्रीज क्याम्पेन’ को लक्ष्यअनुसार एक मिलियन रुख रोपणले हरियाली विस्तारसँगै वातावरणीय सन्तुलन कायम गर्न, कार्बन उत्सर्जन कम गर्न तथा तापक्रम नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । यसले भविष्यका पुस्ताका लागि सुरक्षित र दिगो वातावरण निर्माणमा टेवा पुर्‍याउने अपेक्षा राखिएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले हाल देशभरका १४८ शाखा तथा उप–शाखामार्फत बीमा सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र