नेभिगेशन
अर्थतन्त्र

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं । शेयरबजार मंगलबार दोहोरो अंकले बढेको छ । कारोबार मापक नेप्से परिसूचक १५.७० अंकले बढेर २,५६६.०७ विन्दुमा बन्द भएको छ । चार अर्ब १० करोड ५४ लाख रुपैयाँ बराबरको ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर किनबेच भएको छ । कारोबार भएका २५६ कम्पनीमध्ये २०७ वटाको शेयरमूल्य बढेको छ । यस्तै, ४४ कम्पनीको शेयरमूल्य घटेको छ भने पाँच वटाको स्थिर रहेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक २.६५ अंक (०.६० प्रतिशत) बढेर ४४३.५३ विन्दुमा पुगेको छ । यस्तै, साधारण शेयरको कारोबार मापन गर्ने फ्लोट सूचक १.१६ अंक (०.६६ प्रतिशत) बढेर १७५.५० विन्दुमा र सेन्सिटिभ फ्लोट सूचक ०.९६ अंक (०.६४ प्रतिशत) बढेर १५०.३७ विन्दुमा कायम भएको छ ।

सूचीकृत सबै समूह बढेका छन् । सबैभन्दा धेरै होटलम तथा पर्यटन समूह १.२८ प्रतिशत बढेको छ । त्यसपछि, विकास बैंक समूह १.२५ प्रतिशत, लगानी १.१९, जलविद्युत ०.९३, फाइनान्स ०.८९, निर्जीवन बीमा ०.८४, अन्य ०.५३, लघुवित्त ०.४७, जीवन बीमा ०.४६, बैंकिङ ०.३१, उत्पादन तथा प्रशोधन ०.२० र म्युचुअल फण्ड ०.०८ प्रतिशत बढेको छ । चार वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टिलरी लिमिटेड, मबिलिङ इनर्जी लिमिटेड, बुँगल हाइड्रो लिमिटेड र झापा ईनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सबैभन्दा धेरै गुमाउनेमा भने एभरेस्ट बैंक लिमिटेड डिबेन्चरको इकाइधनीहरू छन् । जसको मूल्य ३.५४ प्रतिशतले घटेको छ ।

सहास ऊर्जा लिमिटेडको शेयर २२ करोड ९१ लाख ६६ हजार ९१६ रुपैयाँ बराबरको कारोबार भई सर्वाधिक कारोबार हुने कम्पनी बनेको छ । कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको चार लाख ५० हजार ५९५ कित्ता शेयर किनबेच भएको छ । लगानीकर्ताको सम्पत्ति २६ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४३ खर्ब आठ अर्ब रुपैयाँ कायम भएको छ । यस्तै, साधारण शेयरतर्फको बजार पुँजीकरण पनि १० अर्ब रुपैयाँ बढेर १४ खर्ब ५७ अर्ब रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र