विश्वामित्र क्षेत्रीय परिवारमा जन्मिएका थिए तर उनी ब्राह्मण हुन चाहन्थे । उनमा कोही कसरी आफ्नो प्रयासले ब्राह्मण हुन सक्छ भन्ने जिज्ञासा थियो ? उनले धेरै प्रयास गरे, ठूलो तपस्या गरे । उनमा तीव्र इच्छा थियो ब्राह्मण हुने, त्यसैले प्रयास गरी नै रहे ।
त्यस समयका वशिष्ठ ऋषि एक महान् ब्रह्मज्ञानी थिए । जबसम्म वशिष्ठले जो कसैलाई पनि तिमी ब्राह्मण भयौ नभनेसम्म अर्थात् स्वीकृति नदिएसम्म कोही पनि ब्राह्मण हुन सक्दैनथे । विश्वामित्रले धेरै तपस्या गरे धेरै कोसिस गरे तर वशिष्ठले केही भनेनन् ।
यो कथा कुनै वर्ण व्यवस्थाको नभएर यो त एउटा तीव्र चाहना र चेष्टाको कथा हो । सबै जनमानसले यही सम्झे कि यो वर्ण व्यवस्थाको कथा हो र क्षेत्री कसरी ब्राह्मण हुन सक्छ ? किनभने वर्ण त जन्मैदेखि हुन्छ । तर यो कथामा वर्णको कुनै सम्बन्ध छैन । यो कथा चेष्टा र प्रसादको हो । कोही चेष्टाले कसरी ब्राह्मण हुन सक्छ ?
राजस व्यक्ति चेष्टाले जित्छ । सात्विक व्यक्ति प्रसादले जित्छ । अल्छी व्यक्ति न त चेष्टाले जित्छ न प्रसादबाट, ऊ त मुर्दा समान त्यत्तिकै रहिरहन्छ ।
क्षेत्री विश्वामित्रले धेरै नै चेष्टा गरे । महान् तपस्या गरे, वर्षौं बित्यो वशिष्ठको मुखबाट निस्केन कि विश्वामित्र ब्राह्मण हो भनेर । क्षेत्री त क्षेत्री नै हो नि । वशिष्ठको मुखबाट निस्केन कारण पनि यही थियो कि अझैसम्म उसमा क्षत्रीयपन रहेको छ तर अझै पनि चेष्टा जारी नै थियो । उनमा ब्राह्मण हुन्छु हुन्छु भन्ने अहंकार अझै बाँकी थियो । किनभने ब्राह्मणले जे गर्न सक्छ ती सबै मैले गरिरहेको छु। ब्राह्मणलाई जुन शुद्धि चाहिने हो ती सबै मैमा भइसक्यो । विश्वामित्रले घोर तपस्या गरिरहे । वर्षौं बित्यो बुढा हुन लागे ।
एकदिन शिष्यहरूले सोधे र विश्वामित्रले जवाफ दिए कि म फेरि वशिष्ठसँग सोध्न गएको थिएँ, सोध्दा उनले भने, ‘विश्वामित्र ब्राह्मण कहिल्यै हुँदैन । क्षेत्रीय हो र क्षेत्री नै रहन्छ ।’ यसरी कुरा गर्दागर्दै विश्वामित्रलाई रिस उठ्यो र तरबार उठाए । क्षेत्री नै हो भूलें सबै तपस्या, सबै तन्त्रमन्त्र । तरबार हातमा लिएर हिँडें वर्षौंको तपस्या, वर्षौंको ब्राह्मण हुने जुन रूप थियो सबै बिर्सें ।
रूपको कुनै मूल्य हुँदैन अन्तरात्मा चाहिन्छ । अन्तरआत्मा क्षेत्रीयको थियो, चेष्टा, संकल्प, ब्राह्मणमा समर्पण थियो । क्षेत्रीय हो संकल्प, इच्छा शक्ति । हातमा तरबार लिएर हिँडें । दौडेर जान पनि ठिक लागेन, धेरै मानिसहरू थिए, वशिष्ठको आश्रममा । तब विश्वामित्र झाडीमा लुकेर बसे, जब सबै मानिस बिदा भएर जान्छन् तब वशिष्ठ एक्लै हुन्छन् अनि म यसलाई खत्तम पारिदिन्छु। म ब्राह्मण होइन रे ।
झाडीभित्र लुकेर बसेका विश्वामित्रले वार्तालाप सुनिरहे । चर्चाको शिलशिलामा कुनै एक शिष्यले वशिष्ठसँग सोधे कि ‘तपाईंले विश्वामत्रिलाई कहिले ब्राह्मण घोषणा गर्नुहुन्छ ? उनको पीडालाई सम्झनुहोस् र उसको तपस्यालाई हेनुहोस् ।’
तब वशिष्ठले भने कि सबै पूरा भैसक्यो । अब कुनै पनि क्षणमा म राजी छु। अलिकति पनि कमी रहेन विश्वामित्रमा । अहंकार सबै क्षीण भैसक्यो । तर अझै थोरै बाँकी छ । म ब्राह्मण भन्नलाई तयार छु कुनै पनि क्षण, अलिकति कमी छ । अझै एक सानो रेखा अहंकारको रहेको छ, जुन क्षण पूरा हुन्छ नि । विश्वामित्र करिब करिब ब्राह्मण भैसक्यो तिमी भन्दा बढी ।
झाडीमा लुकिरहेका विश्वामित्रले जब वशिष्ठका कुरा सुने तब तरबार फ्याँकेर दौडेर गई वशिष्ठको चरणमा परे । वशिष्ठले भने ‘ब्राह्मण उठ ।’
उनी एक क्षणमै ब्राह्मण भए । क्षेत्री थिए, राजस थिए, एक क्षणमै तरबार गिर्यो, संकल्प गिर्यो, समर्पण भयो, पाउ छोए, विनम्र भए । ब्राह्मण भए । ब्राह्मणको अर्थ हो– ‘जसमा ब्रह्म उत्रिन्छ, सात्विक गुण धारण हुन्छ ।’