नेभिगेशन
अर्थतन्त्र

नेपाल टेलिकमले मनायो २२औं वार्षिकोत्सव

काठमाडौं । नेपाल टेलिकमले केन्द्रीय कार्यालयसहित देशभरका प्रादेशिक निर्देशनालय तथा कार्यालयहरूमा विविध कार्यक्रम आयोजना गरी  २२औं वार्षिकोत्सव मनाएको छ ।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले डिजिटल डिभाइड न्यूनीकरण, ग्रामीण तथा दुर्गम क्षेत्रमा सञ्चार पहुँच विस्तार गर्न नेपाल टेलिकमले पु¥याएको योगदान प्रशंसनीय रहेको बताए । उनले सुशासन प्रवर्धन र नागरिक तथा सरकारबीचको सम्बन्धलाई मजबुत बनाउन नेपाल टेलिकमका सेवा र पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । सरकारले लिएका नीति तथा कार्यक्रमलाई आत्मसात् गर्दै नेपाल टेलिकमले सरकारसँग सहकार्य गर्ने र कम्पनीको सुदृढीकरणमा सरकारको अभिभावकत्व रहने उनले बताए ।

त्यस्तै सञ्चालक समिति अध्यक्ष लक्ष्मीकुमारी बस्नेतले नयाँ प्रविधि र अनुसन्धानलाई आत्मसात् गर्दै आम सेवाग्राहीलाई गुणस्तरीय र सर्वसुलभ सेवा प्रदान गर्न नेपाल टेलिकम निरन्तर लागिरहेको बताइन् । टेलिहेल्थ, टेलिमेडिसिन र टेलिएजुकेसनजस्ता डिजिटल सेवाको विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता उनले औंल्याइन् ।

कार्यक्रममा नेपाल टेलिकमका नायव प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले कम्पनीको प्रगति विवरण प्रस्तुत गर्दै फोर जी सेवा देशका ७७ जिल्लाका ७४९ स्थानीय तहमा विस्तार भइसकेको र फाइभ जी सेवा सुरु गर्ने प्रक्रिया अध्ययन तथा रिभ्यु चरणमा रहेको जानकारी दिए । वार्षिकोत्सवका अवसरमा नेपाल टेलिकमले विभिन्न मोबाइल, डेटा तथा एफटिटिएच सेवामा विशेष छुट र बोनस अफर सार्वजनिक गर्नुका साथै उत्कृष्ट विक्रेता, कार्यालय तथा २० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई सम्मान गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्