नेभिगेशन
दृष्टिकोण
पाठक मञ्च

बालबालिकाको पठन संस्कृतिबारे सोचौं

हिजो मात्र भिडियो गेममा अत्यधिक रत भएका तीन बालबालिकाको मृत्यु भएको सनसनीपूर्ण समाचार सार्वजनिक भयो । घटना भारतमा भए पनि यसको सन्देश र चिन्ता नेपालका अभिभावक, शिक्षक र नीतिनिर्माताका लागि उत्तिकै गम्भीर छ । हाम्रो समाजमा सामाजिक सञ्जाल र अनियन्त्रित प्रविधि प्रयोगले बालबालिकाको आनीबानी, व्यवहार र सोच्ने शैलीमै व्यापक परिवर्तन ल्याइसकेको छ । यसको दीर्घकालीन घातक परिणाम कहिले र कसरी देखिने हो भन्ने त्रास आम अभिभावकमा बढ्दो छ ।
प्रविधि आफैंमा दोषी होइन तर त्यसको असन्तुलित प्रयोगले पठन संस्कृतिलाई कमजोर बनाइरहेको यथार्थ हामीले स्वीकार्नैपर्छ । पहिले घरघरमा पुस्तक, पत्रपत्रिका पढ्ने वातावरण हुन्थ्यो । अहिले भने मोबाइलको पर्दाले पुस्तकको पाना विस्थापित गरिरहेको देखिन्छ । अझ दुःखको कुरा, घरपरिवारका अभिभावकसमेत स्मार्टफोनको लतमा फस्दै जानु, घरपरिवारभित्र संवाद घट्दै जानु र अनावश्यक सामग्रीमा समय खर्चिनुजस्ता प्रवृत्तिले सामाजिक संरचनामै असर पार्न थालेको छ ।
यस्तो संवेदनशील अवस्थामा बालबालिकालाई पुनः पठन संस्कृतिमा जोड्ने जिम्मेवारी कसको हो ? के यो केवल अभिभावक र विद्यालयको मात्र दायित्व हो ? स्थानीय तह, पालिका, प्रदेश र संघीय सरकारको भूमिका के हो ? अहिले घोषणापत्रको सिजन चलिरहेको छ । राजनीतिक दलहरू विभिन्न विकासका वाचा गरिरहेका छन् तर बालबालिकामा पढ्ने बानी विकास गर्ने, गाउँगाउँमा वाचनालय र सार्वजनिक पुस्तकालय स्थापना गर्ने, डिजिटल साक्षरता सँगसँगै पठन संस्कृतिलाई सुदृढ गर्ने ठोस कार्यक्रम किन घोषणामा प्राथमिकतामा पर्दैन ?
भौतिक पूर्वाधार जत्तिकै महŒवपूर्ण मानसिक र बौद्धिक पूर्वाधार पनि हो भन्ने बुझाइ किन बलियो बन्न सकेन ? यदि हामीले अहिले नै पुस्तकालय, अध्ययन कक्ष, बाल क्लब, पठन अभियान जस्ता कार्यक्रमलाई प्राथमिकता दिएनौं भने भोलिका पुस्ता सतही जानकारीमा सीमित, ध्यान केन्द्रित गर्न नसक्ने र सामाजिकरूपमा कमजोर बन्ने खतरा बढ्नेछ । प्रविधिसँग सहअस्तित्व कायम गर्दै बालबालिकालाई पुस्तकप्रेमी बनाउने साझा अभियान आजको आवश्यकता हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
घोषणापत्रमा जनजातिका मुद्दा

घोषणापत्रमा जनजातिका मुद्दा

धर्म र अधर्म

धर्म र अधर्म

सम्प्रभू नागरिकको कर्तव्य

सम्प्रभू नागरिकको कर्तव्य