नेभिगेशन
अर्थतन्त्र

नाडा प्रतिनिधि मण्डल र बागमतीका मुख्यमन्त्रीबीच भेटघाट

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियासँग भेटवार्ता गरेको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको प्रतिनिधि मण्डल सोमबार मुख्यमन्त्री बानियासँग भेट गरेको हो ।
भेटमा मुख्यमन्त्री बानियाले उपे्रतीको नेतृत्वमा नाडाको नयाँ केन्द्रीय कार्यसमिति गठन भएकोमा बधाई दिए । उनले ५० वर्ष पुगेको नाडासँग राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र तीनै तहको सरकारको अनुभव रहेको बताए ।
देशको ५० प्रतिशत सवारी साधन बागमती प्रदेशमा दर्ता हुने गरेको सन्दर्भमा राजधानीमा ट्राफिक, पार्किङलगायतका विभिन्न समस्या रहेकाले त्यसको समाधानका लागि प्रदेश सरकार र नाडा सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखे ।
त्यस्तै नाडाका अध्यक्ष उपे्रतीले नाडामा ७ वटा प्रदेशका २ हजार ८८३ सदस्य कम्पनी रहेको बताए । उनले नेपालको अटोमोवाइल क्षेत्रमा १ खर्बभन्दा बढी लगानी रहेको पनि जानकारी दिए । त्यस्तै नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नेपालको प्रतिभा पलायनलाई रोक्न नेपालको अटोमोबाइल क्षेत्रले सक्दो प्रयत्न गरिरहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्