नेभिगेशन
अर्थतन्त्र

पाइलट पेनको फ्रेन्चाइज शाखा कुमारीपाटीमा

काठमाडौं । जापानी लेखन सामग्री ब्रान्ड पाइलटको नेपालका लागि आधिकारिक वितरक फेयर ट्रेड कर्पोरेसनअन्तर्गत ‘कर्ण ट्रेड कन्सर्न’ले ललितपुरको कुमारीपाटीमा पाइलट पेन स्टोरको फ्रेन्चाइज शाखा सञ्चालनमा ल्याएको छ । ४२ वर्षदेखि नेपालमा गुणस्तरीय लेखन सामग्री आपूर्ति गर्दै आएको ब्रान्डले विस्तार रणनीतिअनुसार यो चौथो आउटलेट सुरु गरेको हो ।
एक कार्यक्रमका बीच चर्चित हास्य कलाकार सन्दीप क्षेत्रीले रिबन काट्दै शाखाको औपचारिक उद्घाटन गरेका छन् । कार्यक्रममा ‘रोटरी क्लब अफ सैंबु भैंसेपाटी’का अध्यक्ष तथा कर्ण ट्रेड कन्सर्नका सञ्चालक कर्णवीर थापाले सम्पूर्ण अतिथि तथा आगन्तुकलाई स्वागत गरे ।
पाइलट पेनको नयाँरोड शाखाका प्रतिनिधिले नयाँ शाखाको सफलताको कामना गर्दै भविष्यमा उत्कृष्ट बिक्री हुने विश्वास व्यक्त गरे । उद्घाटनका अवसरमा ललितपुर जिल्लाका विद्यार्थीले परिचयपत्र देखाएमा १० प्रतिशत विशेष छुट प्रदान गरिने घोषणा गरिएको छ । नयाँ आउटलेटमा पाइलट ब्रान्डका करिब २०० प्रकारका पेन उपलब्ध छन् ।
‘रोटरी क्लब ललितपुर’की अध्यक्ष इन्दिरा जोशीले पाइलट जस्तो अन्तर्राष्ट्रिय ब्रान्डको गुणस्तर, विश्वसनीयता र यसको प्रयोगको महत्वबारे चर्चा गरिन् । चार्टर्ड एकाउन्टेन्ट अमिर रिजालले पनि पाइलट पेनको दीर्घकालीन उपयोगिता र विश्वसनीयताबारे धारणा राखे ।
प्राइम बैंक न्युप्लाजा शाखाका प्रबन्धक कृतार्थ शाक्यले पनि शुभकामना व्यक्त गर्दै यस्तो प्रतिष्ठित ब्रान्डको विस्तारले बजारमा सकारात्मक प्रभाव पार्ने बताए । फेयर ट्रेड कर्पोरेसनअन्तर्गत यसअघि न्युरोड (काठमाडौं), नदिपुर (पोखरा) र कमलादी (काठमाडौं)मा सफलतापूर्वक शाखाहरू सञ्चालन हुँदै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्