नेभिगेशन
अर्थतन्त्र

सालमनीदेवी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । सालमनीदेवी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावितका लागि १ सय रुपैयाँ अंकित दरको ८ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई १ सय रुपैयाँ अंकित दरको ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटललाई नियुक्त गरेको छ । सम्झौतामा लक्ष्मी सन्राइजका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सालमनीदेवीका सञ्चालक पेरश दाहालले हस्ताक्षर गरे ।
 
सालमनीदेवी हाइड्रोपावरले डोटीमा ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण गरेको छ । आयोजनाबाट २०७६ सालदेखि व्यापारिक उत्पादन भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्