नेभिगेशन
अचम्मको संसार

युद्धको विकासवादी जरा चिम्पाञ्जीलाई सोध्नू

पहिले निकै मिलेर बसेको जङ्गली चिम्पान्जीहरूको एउटा समूह अहिले द्वन्द्वमा फसेको छ । अनुसन्धानकर्ताहरूका अनुसार यो विभाजनले मानव युद्धहरू हाम्रो संस्कृतिको जटिलतासँग मात्र सम्बन्धित नभई हाम्रो स्वभावमै गहिरो रूपमा जरा गाडेर बसेका हुन सक्ने संकेत गर्छ ।
आरोन सान्डेल र अस्टिनस्थित टेक्सस विश्वविद्यालयका उनका सहकर्मीहरूले युगान्डाको किबाले नेशनल पार्कमा रहेका चिम्पान्जीहरू (पान ट्रोन्लोडाइट्स)सम्बन्धी २४ वर्षको सामाजिक सञ्जाल, १० वर्षको जीपीएस–आधारित गतिविधि र ३० वर्षको जनसांख्यिकीय तथ्यांक विश्लेषण गरेका थिए । चिम्पान्जीहरू एकअर्कामाथि अत्यन्तै हिंसात्मक व्यवहार गर्ने प्राणीका रूपमा चिनिन्छन् तर यस्तो हिंसा सामान्यतया बाहिरी समूहका सदस्यहरू वा प्रतिस्पर्धी नरका सन्तानहरूविरुद्ध केन्द्रित हुने गर्छ ।
न्गोगोका चिम्पान्जीहरूको जनसंख्या १५० देखि २०० बीचमा थियो । प्राइमेटमध्ये सबैभन्दा ठूलो समूहहरूमध्ये यो एक मानिन्थ्यो । बोनोबो (पान पानिस्कस) सँगै, यी मानवका सबैभन्दा नजिकका नातेदारहरू हुन् ।
सन् १९९५ देखि २०१५ सम्म यो समूह निकै एकजुट र समन्वयकारी मानिन्थ्यो । सन् २०१५ अघि, न्गोगोका वयस्क नरहरू पोथीसँगै समूहमा बस्ने, सँगै सिकार गर्ने र क्षेत्रीय गस्तीमा सहकार्य गर्ने गर्थे । तर २४ जुन २०१५ मा, समूहका सदस्यहरू आफ्नै क्षेत्रको बीचभागमा आफूहरू लडभिड गर्न आमनेसामने भए । न्गोगो समूहको ‘केन्द्रीय समूह’ भनेर चिनिने एक भागले ‘पश्चिमी समूह’ भनिने अर्को भागलाई हिंस्रक युद्धमा धपाइदियो ।
त्यस दिनपछि समूहको एकता क्रमशः भंग हुन थाल्यो र सन् २०१८ सम्म आइपुग्दा यी दुई समूह स्थायीरूपमा विभाजित भइसकेका थिए ।
२०१८ देखि २०२५ बीच, पश्चिमी समूहले २४ वटा आक्रमण ग¥यो । जसमा कम्तीमा सात वयस्क नर र १७ वटा शिशुहरूको हत्या भयो  । अनुसन्धानकर्ताहरूका अनुसार यो विघटनका पछाडि धेरै कारणहरू हुन सक्छन् । खाद्य स्रोतको प्रतिस्पर्धा र श्वासप्रश्वाससम्बन्धी रोगको प्रकोप मुख्य कारक बन्न सक्छन् । युगान्डामा न्गोगो चिम्पान्जीहरूबीच हिंसात्मक विभाजन देखिएको छ । सान्डेल र उनका सहकर्मीहरूका अनुसार, यस द्वन्द्वको विकासक्रमले मानव द्वन्द्वका विकासवादी आधारहरू बुझ्न महŒवपूर्ण संकेत दिन सक्छ ।
आज मानव समाजमा देखिने ध्रुवीकरण र युद्ध प्रायः जातीय, धार्मिक वा राजनीतिक विभाजनसँग जोडिन्छ । तर केवल यस्ता सांस्कृतिक कारणहरूमा केन्द्रित हुँदा, हाम्रा नजिकका प्राणी नातेदारहरूमा पनि देखिने सामाजिक प्रक्रियाहरूलाई बेवास्ता गरिन्छ, अनुसन्धानकर्ताहरू भन्छन् । अनुसन्धान टोलीले आफ्नो प्रतिवेदनमा लेखेको छ, ‘कतिपय अवस्थामा, साना दैनिक मेलमिलाप र पुनर्मिलनका गतिविधिहरूमै हामीले शान्तिका अवसरहरू भेट्न सक्छौं ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अचम्मको संसार