नेभिगेशन
प्रदेश

सरकारले निर्धारण ग-यो गुन्द्रकको गुणस्तर

काठमाडौं । अब घरघरमा स्वाद र स्वास्थ्यको प्रतीक मानिने गुन्द्रुक झन् सुरक्षित र भरपर्दो बन्ने भएको छ । सरकारले पहिलोपटक यसको उत्पादनदेखि प्याकेजिङसम्म स्पष्ट मापदण्ड लागू गरेपछि उपभोक्ताले अब अझ स्वच्छ, गुणस्तरीय र विश्वसनीय गुन्द्रुकको स्वाद लिन पाउने भएका छन् ।
सरकारले पहिलो पटक गुन्द्रुकको गुणस्तर मापदण्ड निर्धारण गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अन्तर्गत रहेर गुन्द्रुकको उत्पादन गरी उपभोग र बिक्रीवितरणका लागि मापदण्ड निर्धारण गरेको हो ।
नेपाली समाजमा गुन्द्रुक केवल एक परिकार मात्र नभई संस्कार, आवश्यकता र पहिचानसँग जोडिएको खाद्य परम्परा हो। विशेषगरी पहाडी र हिमाली क्षेत्रमा हरियो सागसब्जी सहजै उपलब्ध नहुने मौसमका लागि गुन्द्रुक संरक्षण गर्ने चलन विकास भएको हो ।
नेपाली समाजमा गुन्द्रुक केवल एक परिकार मात्र नभई संस्कार, आवश्यकता र पहिचानसँग जोडिएको खाद्य परम्परा हो । विशेषगरी पहाडी र हिमाली क्षेत्रमा हरियो सागसब्जी सहजै उपलब्ध नहुने मौसमका लागि गुन्द्रुक संरक्षण गर्ने चलन विकास भएको हो । सागलाई सुकाएर र फरमेन्ट गरेर बनाइने गुन्द्रुक लामो समयसम्म टिक्ने भएकाले खाद्य सुरक्षाको दृष्टिले पनि यसको ठूलो महत्व छ ।
मापदन्ड अनुसार गुन्द्रुक भन्नाले ब्रासिलका जातको हरियो सागपात रायो, तोरी, मुलाको पात तथा डुकुलगायतका सफा गरी ओइल्याएर नुनरहित प्राकृतिक वा एसिड विधिद्वारा अमिल्याएपश्चात् तयार भएको ताजा वा सुकाई तयार गरिएको खाद्यपदार्थलाई सम्झनु पर्छ । गुन्दु्रक विशेष गरी रायो, मुला वा तोरीको सागलाई खाँदेर र सुकाएर बनाइने परम्परागत तरकारी हो । गुुन्दु्रुकको गुणस्तर स्वच्छ, सफा, स्वाभाविक स्वाद र बास्ना हुन नहुने निर्धारण गरिएको छ । यसमा ढुसी तथा किरा लागेको हुनु हुँदैन ।
गुन्द्रुकमा जलांश बढीमा १२ प्रतिशत, कुल भस्म सुक्खा तौलका आधारमा १७ प्रतिशत हुनुपर्ने मापदण्ड निर्धारण गरिएको छ । यस्तै एसिडमा नघुल्ने भस्म सुक्खा तौलका आधारमा बढीमा एक प्रतिशत, अम्लीयपन (ल्याक्टिक एसिड) घटीमा ०.८ प्रतिशत हुनुपर्ने मापदण्ड रहेको छ । यस्तै गुन्दु्रुकको उत्पादन, प्याकेजिङ, ह्यान्लिङ, भण्डारण तथा ढुवानीमा स्वच्छतासम्बन्धी मापदण्ड कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तोकेबमोजिम हुने उल्लेख गरिएको छ । गुन्द्रुक प्याकिङका लागि प्रयोग गरिएको प्याकेजिङ पदार्थ सफा, सुक्खा र खाद्य ग्रेडको हुनुपर्ने छ । प्याक गरिएको गुन्द्रुकको लेबलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ले तोकेबमोजिमको विवरण उल्लेख गर्नुपर्ने छ ।
लेबलमा गुन्द्रुक तयार गर्न प्रयोग गरिएको सागपातको विवरण तथा गुन्द्रकको प्रकारमा ताजा, सुक्खा वा सुकेको भनी प्रस्ट रूपमा उल्लेख गर्नुपर्ने छ । यस्तै गुन्द्रुकमा कन्टामिनेन्टस जीवनाशक विषादीको अवशेष हेभी मेटल्स, सूक्ष्म जीवाणु तथा टक्सिन्सलगायतका हानिकारक तत्वका अवशेषको अधिकतम मात्रा नेपाल सरकारले तोकेबमोजिम हुनुपर्ने छ । सबैको घरमा उपभोग गरिने गुन्द्रुक पछिल्लो समय व्यावसायिक रूपमा उत्पादन गरेर बाहिरी मुलुकमा निर्यात हुने गर्छ ।
गुन्द्रुकको स्वाद अमिलो र झोलिलो हुने भएकाले यसले भोक बढाउने मात्र होइन, पाचन प्रक्रियामा पनि सहयोग पु¥याउँछ । यसमा पाइने पोषक तत्व र प्रोबायोटिक गुणहरूले स्वास्थ्यका लागि लाभदायक मानिन्छ। त्यसैले ग्रामीण जीवनमा मात्र होइन, सहरमा पनि यसको लोकप्रियता उत्तिकै छ । नेपाली समाजमा गुन्द्रुकको महत्व यसको सांस्कृतिक पक्षसँग पनि जोडिएको छ । पाहुना सत्कारदेखि दैनिक खानासम्म, गुन्द्रुकले विशेष स्थान ओगटेको हुन्छ । विशेष गरी गुन्द्रुकको झोल, अचार वा तरकारी नेपाली भान्साको पहिचान जस्तै बनिसकेको छ । यसरी हेर्दा, गुन्द्रुक नेपाली जीवनशैलीको अभिन्न अंग हो—जसले आवश्यकता, स्वाद र परम्परालाई एकैसाथ समेटेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय