नेभिगेशन
अर्थतन्त्र

नेप्से घट्यो, कारोबार बढ्याे

काठमाडौं । शेयरबजारमा सोमबार नेप्से सामान्य अंकले घटेको छ । कारोबार मापक नेप्से परिसूचक ५.५४ अंकले घटेर २,६३५ विन्दुमा कायम भएको छ । कारोबार भएका २६० कम्पनीमध्ये १७८ वटाको शेयरमूल्य घट्दा बजारमा दबाब परेको हो । तर ७५ कम्पनीका शेयरधनीले कमाएका छन् । बाँकी सात कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।

सूचक घटे पनि कारोबार रकम भने बढेको छ । कुल ६ अर्ब ४७ करोड २६ लाख रुपैयाँ बराबरको एक करोड २३ लाख ९ हजार ७४४ कित्ता शेयर किनबेच भएको छ ।

सूचीकृत १३ समूहमध्ये चार वटा समूह बढेका छन भने ९ वटा घटेका छन् । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.०२ प्रतिशत बढेको छ । त्यसपछि म्युचुअल फण्ड ०.११, होटल तथा पर्यटन ०.१० र विकास बैंक ०.०२ प्रतिशत बढेको छ ।

सबैभन्दा धेरै व्यापार समूह १.१६ प्रतिशत घटेको छ । त्यसपछि लघुवित्त ०.६६, फाइनान्स ०.५३, लगानी ०.४२, अन्य ०.२९, बैंकिङ ०.२५, जीवन बीमा ०.१८, निर्जीवन बीमा ०.१४ र जलविद्युत ०.११ प्रतिशत घटेका छन् ।

एसवाई प्यानल नेपाल लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसपछि रसुवागढी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ८.५३ प्रतिशत बढेको छ । सबैभन्दा बढी सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ४.२४ प्रतिशतले घटेको छ । सर्वाधिक कारोबार एसवाई प्यानलको ४२ करोड २२ लाख रुपैयाँको भएको छ ।

लगानीकर्ताको सम्पत्ति ९ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४४ खर्ब २४ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि २ अर्ब रुपैयाँ घटेर १५ खर्ब ४ अर्ब रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्