नेभिगेशन
दृष्टिकोण

पाहाँचः ह्रे लुकुमहादेव र विभिन्न देवताका जात्रा

नेवारहरूले धार्मिक, सांस्कृतिक र ऐतिहासिक परम्पराअनुसार मान्दै आइरहेको पाहाँचः¥हे चाडको विशेष महŒव रही आएको छ । नेवारहरू संस्कृति र संस्कारमा धनी, त्यसमा पनि आफ्नैपनको संस्कारअनुसार पहिला अरूलाई खुवाएर मात्र आफूले खाने परम्परा भएको पाहाँचःहे चाडको विशेषता हो । नेवारहरूले आफ्ना पितृलाई मान्ने अनि आफन्त, साथीभाइ, पाहुनाहरूलाई बोलाई भोज खुवाएर चाड मान्ने गर्दछ । नेवारहरूको पाहाँचः¥हे वा अन्य कुनै पनि चाडवाडमा पनि कोही नचिनेका मानिस आएपनि भोज खुवाएर पठाउने परम्परा छ । यसरी आउने मानिसहरू चाहे ऊ ठूलो जातको होस् वा साना जातको, त्यस्तै धनी, गरिब जोसुकै भएपनि भेदभाव नगरी सद्भाव राखेर भोज खुवाएर मात्र पठाउने चलन छ । यस्तो चलन भएकैले पाहाँचः¥हे चाड भनिएको हो । पाहाँ भनेको पाहुना हो भने चः¥हे भनेको चतुर्दशी हो । पाहुना मात्र बोलाएर खुवाउने भएकैले पाहाँचः-हे चाड भनिएको हो ।
हरेक वर्ष चैत्र कृष्ण चतुर्दशीदेखि प्रतिपदासम्म पाहाँचः¥हे चाड विभिन्न किसिमले मनाइन्छ । यो समय भनेको जाडो याम सकेर गर्मी सुरु हुने समय भएकाले हुरी–बतास आउने, पानी पर्ने र विभिन्न रोग पनि लाग्ने भएकाले त्यसलाई छेक्न अर्थात् रोगव्याधिबाट बच्न धार्मिक उपायअनुसार पाहाचः¥हे चाड मनाउँदै आएको हो भन्ने मान्यता छ । यसरी विभिन्न किसिमका समस्याबाट बच्न विभिन्न देवताहरूलाई राँगा, हाँस, कुखुरा, बोका बलि दिएर तान्त्रिक विधिबाट पूजा गरिँदै आइरहेको छ । पाहाँचः-हेका दिन मै फोहोरको डंगुरमा गाडी राखेको लुकुमहाद्यः (लुकेका महादेव)लाई पनि तान्त्रिक विधिबाट समयबजि, छ्वयला, जाँड, रक्सी चढाई पूजा गरिन्छ । पाहाँचः¥हेका दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ । लुकुमहाद्यःको विषयमा सुनिएको किंवदन्तीअनुसार महादेवलाई पनि साढे सातको शनि दशा लागेकाले शनिले छुन आउला भनी फोहोर भएको ठाउँमा लुकेर बसेका रहेछन् । यसरी महादेव लुकेर बसेको बेलामा नेवारहरूले पाहाचः¥हे चाड मानेर देवताहरूको जात्रा गरिरहेको थाहा पाई महादेवले मानिसको रूप लिएर नेवारहरूको भोजमा सरिक भई भोज खान थालेछन् । त्यसबेला सडकमै नेवारहरूले भोज खुवाउने गर्थे । सबैका साना–साना घर, त्यसमा पनि आमन्त्रित पाहुना धेरै आउने भएकाले सडकमै भोज गर्नुपथ्र्याे । महादेवले यसरी वर्षौं वर्ष नेवारहरूको भोज खाइरहे । एकपटक स्थानीय युवाहरूले यो मान्छे जहिले पनि हाम्रो भोज खान आउँछ, यो मान्छे को होला चियो गर्नु प¥यो भनी पछि पछि लागेर जाँदा महादेव फोहोरको डुंगुरमा पुगेपछि अलप भएछन् । ती युवाहरूले त्यस फोहोरको डंगुरमा सफा गरी हेर्दा शिवलिंग देख्नेबित्तिकै ती मान्छे त महादेव पो रहेछन् , यहीँ सिद्ध भएर बसेछन् भनी समयबजि, जाँड, रक्सी चढाएर पूजा गरेछन् । संयोगवश उक्त समय महादेव त्यहाँ लुकेर बसेको सात वर्ष छ महिना पूरा भएको रहेछ । महादेवको साढे साती शनि दशा सकिएकाले त्यहीँ सिद्ध भएर बसेका रहेछन् । यही दिन पाहाँचः¥हे पनि परेकाले यही परम्परा कायम राख्दै आजसम्म पनि पाहाँचः¥हेका दिन नेवारहरूले लुकुमहाद्यःको पूजा गर्ने चलन रहेको हो भनिन्छ । महादेवजस्ता देवतालाई त साढेसाती शनि दशा लागेर पिशाचजस्तै भएर यो फोहोरमा लुकेर बस्नुपर्दोरहेछ भन्ने यो घटनाले दर्शाउँछ ।
पाहाँचः¥हेमा पूजा गर्दै खट जात्रा गरिँदै आएका अष्टमातृका देवीहरूको विषयमा पनि एउटा किंवदन्ती छ । पाहाँचाहेको भोज खान अष्टमातृका दिदीबहिनी माइतीमा गएका रहेछन् । अष्टमातृका दिदीबहिनी सबैले राम्रा–राम्रा पोशाक लगाएर झपक्क गहना लगाएर गएका रहेछन् । तर जेठी दिदी लुति अजिमा (इन्द्रायणी) भने अत्यन्तै गरिब, त्यसमा पनि १२ जना बच्चाहरू भएकी, दुब्ली र थोत्रो पुरानो लुगा लगाएर एउटी माग्नेजस्ती भई भोज खान गएकी रहिछिन् । यस्तो अवस्थामा आएकी लुति अजिमालाई बहिनीहरूले बस्नु पनि नभनी वास्ता गरेनछन् । केटाकेटीहरूले पनि भोक लाग्यो भनेर कराउँदा पनि कसैले पनि वास्ता नगरेकाले अत्यन्तै चित्त दुःखाएर लुति अजिमा आफ्ना बच्चाहरू साथै लिई घरमा फर्किंदै गरेको बेलामा फसिकेब (फर्सिको बारी)मा पुग्दा एउटा फर्सि भेट्टाइन् र बच्चाहरूलाई यही फर्सि उसिनेर खुवाउनुपर्ला भनी घरमा लगिन् । तर घर पुगेपछि बच्चाहरू थाकेकाले निदाए । भोलिपल्ट बिहान उठेर हेर्दा त फर्सि सुन बनिरहेकाले लुति अजिमा पनि धनी भइन् । अर्को वर्ष पाहाँचः¥हेमा लुति अजिमा झपक्क गहना लगाएर बच्चाहरूलाई पनि राम्रा–राम्रा लुगा लगाई दिएर भोज जाँदा उही बहिनीहरूले धेरै नै सम्मान गरी भोज खुवाउन ल्याए । यस्तो व्यवहार देखेर लुति अजिमाले पहिला आफूलाई र बच्चाहरूलाई गरेको अपमान सम्झेर भोज भागमा रहेको खानेकुरा आफ्ना लुगा र गहनामा लगाइदिन्छ । यस्तो दृश्य देखेर अष्टमातृका बहिनीहरूले यो के गरेकी ? भनी सोद्धा लुति अजिमाले हिजो यही पोशाक र गहना नभएकाले मलाई र मेरा बच्चाहरूलाई भोकै फर्काएको हो भन्दै यो भोज यही गहना र लुगालाई खुवाउन ल्याएकाले लुगामा लगाएको हुँ भनी जवाफ दिन्छिन् । अनि तुरुन्तै फर्केर जान्छिन् । यही बेलादेखि लुति अजिमा (इन्द्रायणी)ले पाहाँचः¥हे चाड बहिष्कार गरी बालाचः¥हे (बाला चतुर्दशी)का दिन छुट्टै जात्रा चलाइएको हो भनिन्छ ।
पाहाँचः¥हेको भोलिपल्ट टोलटोलमा ‘मरःजा’ खुवाउने चलन छ । ब्रतबन्ध नगरेका र बेल विवाह नगरेका नेवारका बच्चाहरूलाई ‘मरःजा’ खुवाउँछन् । ‘मरःजा’ भनी खुवाउँदा उसिनेको भात, दाल, तोरीको तरकारी र मासु राखेर खुवाउने गरिन्छ । ‘मरःजा’ खुवाउन टोलटोलमै गुठी स्थापना गरिएको हुन्छ । श्रद्धा भएका व्यक्तिहरूले यसबेला बालबालिकाहरूलाई पैसा, चकलेट, विस्कुट, रोटी आदि बाँडी दिन्छन् । अजिमाको प्रसादका रूपमा खुवाइने मरःजा खुवाए बच्चाहरूलाई भूतप्रेतले नछुने र विभिन्न रोग पनि नलाग्ने जनविश्वास छ । पाहाँचः¥हेको भोलिपल्ट घोडे जात्रा भनी टुंडिखेलमा घोडा कुदाइन्छ । ललितपुरको भोलाख्यः टोलमा भने रक्सी खुवाएका एउटा मात्र घोडा कुदाउने गरिन्छ ।
पाहाँचः¥हेको रात्रिमा टुडिखेलमा टेबहालका लुमधि अजिमा (भद्रकाली), वटुका नीलकाली अजिमा, कंगका कंग अजिमा (कंकेश्वरी) देवीका खट जुधाइने गरीन्छ भने पाहाँचः¥हेको पर्सिपल्ट असनमा देवीका खट जुधाउने भनी टेबहाल र वटुका अजिमाको खटबाट कंग अजिमाको खटसँगै बलिरहेको मसाल साटफेर गर्दै तीनपटक खट घुमाइन्छ । यसरी देवीका खट जुधाउने गरेकालाई तीन दिदीबहिनी देवीहरूको भेटघाट गराइएको हो भनिन्छ । पाहाँचः¥हेमा धर्मस्थली लाछि टोलमा इन्द्रको ३२ हात लामो प्रतिमासहित स्तम्भ ठड्याएर सुरु गरिने धर्मस्थलीको जात्रामा महाकाल, पिंगला र तीनवटा गणेशका पाँचवटा खटको जात्रा गरिन्छ । पाहाँचः¥हेदेखि पाँच दिनसम्म मनाइने धर्मस्थलीको जात्रामा आफन्त, चेलीबेटी, साथीभाई र पाहुना बोलाई भोज खाने चलन छ ।
त्यस्तै पाहाँचः-हेमा इचंगुमा महालक्ष्मीको जात्रा गरिन्छ । हल्चोकको इचंगु महालक्ष्मीको खट जात्रा घोडे जात्राका दिन गरिन्छ । पाहाँचः¥हेका दिन देव घरबाट महालक्ष्मीको खट निकालेर गणेशको खटसहित इचंगु नारायणको दक्षिणतर्फ पीठमा राख्न ल्याइन्छ । यो दिन दशा फाल्ने भनेर मन्दिरमा आगो बालेर रातभर जाग्राम बस्ने चलन छ । भोलिपल्ट महालक्ष्मीलाई हाँस, राँगा, बोका, कुखुरा बली दिएर सिन्दुर जात्रा गरिन्छ । महालक्ष्मी र गणेशको खट बोक्नेहरूले जुत्ता लगाउँन हुँदैन भन्ने चलन अनुसार नांगो खुट्टाले दाफा बाजाको तालमा खट जात्रा गरेर हल्चोकको आकाश भैरव, चिसापानी, रामकोट, भीमढुंगा र टाकिफल सम्म पूजा थाप्न जाने चलन छ । पाहाँचः¥को दिनमै बुंगमतिमा कार्यविनायक गणेशको जात्रा गरिन्छ । पाहाँचः¥हेको रात्रीमा गणेशको खट जात्रा गर्दै करुणामय रातो मच्छिन्द्रनाथको मन्दिरमा पु¥याएर तीनपटक परिक्रमा गराई फर्काएर ल्याइन्छ । भोली पल्ट बिहान गणेशको मूर्तिलाई पुजारीले दुवै हातले बोकी करुणामय मन्दिर लगी तीनपटक परिक्रमा गराएर फिर्ता ल्याएपछि जात्रा सकाइन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
भर्खरै