नेभिगेशन
उपत्यका

मध्यपुरका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ

काठमाडौँ । मध्यपुर थिमी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले नियन्त्रणमा लिएको छ । उनका भाइ नाता पर्ने भुवन ढुंगेल सवार ईभी कारबाट शंकास्पद नगद बरामद भएपछि घिमिरे कार्यालयबाटै पक्राउ परेका हुन् । 
सोमबार अपराह्न मध्यपुर थिमि नगरपालिकाबाट निस्किएको बागमती प्रदेश ०१–०३५ च २६८७ नम्बरको टाटा ईभी कार निकोसेरास्थित अजिमा पेट्रोल पम्प नजिक अख्तियारको फन्दामा परेको थियो । चेकजाँचको क्रममा शंकास्पद नगद बरामद भएपछि चालकसहित कारमा सवार भुवन ढुंगेल र उनको श्रीमतीलाई अख्तियारले नियन्त्रणमा लियो । त्यसलगत्तै नगरपालिकाको कार्यालयबाट प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई नियन्त्रणमा लिइ घटनास्थलमा ल्याइएको छ । कारबाट ३३ लाख रुपैयाँ बरामद भएको छ । सो रकम घिमिरेले घुसबापत लिइ व्यवस्थापनको लागि ढुंगेललाई दिएको अख्तियारको दाबी छ । प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भने घुस लिएको इन्कार गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्