नेभिगेशन
उपत्यका

कौडा खेलिरहेका ३७ जना पक्राउ

काठमाडौं । कौडा खेलिरहेको अवस्थामा काठमाडौंको कागेश्वरी मनोहरा–१ गागलफेदीबाट प्रहरीले ३७ जनालाई पक्राउ गरेको छ । गागलफेदीस्थित कुसुम छयाम्बा हाउस र होमस्टेमा जुवा चलिरहेको सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ५ लाख ७८ हजार ५५५ रुपैयाँ र २६ वटा कौडा फेलापरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले बताए । जुवासम्बन्धी कसुरमा कार्बाहीका लागि जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरी उनीहरूविरुद्ध अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्