नेभिगेशन
राशिफल

२०८२ कार्तिक ३० गते आइतबारको राशिफल

मेष 
साझेदारी व्यवसायमा प्रगति हुनेछ । नयाँ योजना प्रारम्भ गर्न दिन उत्तम छ । पारिवारिक वातावरण सुखद हुनेछ । 

वृष 
खर्च वृद्धिको योग छ । कार्यक्षेत्रमा चुनौतीहरू आउनेछन् तर धैर्य राख्दा सफलता मिल्नेछ । पाचन सम्बन्धी समस्या देखिन सक्छ ।

मिथुन 
आर्थिक स्थिति स्थिर रहनेछ । साथीभाइसँग विवादको सम्भावना छ । आफ्ना विचार राख्दा संयमित भए विवाद टार्न सकिनेछ । 

कर्कट
विवादका कारण मन अशान्त रहला । पेसागत क्षेत्रमा केही कठिनाइ आउनेछन् । आर्थिक लाभका स्रोत भेटिनेछन् ।
 
सिंह 
धैर्य र पराक्रमले सफलता प्राप्त हुनेछ । आर्थिक योजना बनाउँदा सावधानी अपनाउनुहोस् । प्रतिस्पर्धामा विजय सम्भव छ । 

कन्या 
आयका नयाँ स्रोत भेटिनेछन् । व्यापारमा लाभ हुने योग छ । जोखिमपूर्ण निर्णय लिँदा हतारिनुको साटो सुझबुझ आवश्यक छ । 

तुला 
मानसम्मान वृद्धि हुनेछ । सानो परिश्रमले ठूलो लाभ हुने सम्भवना छ । आर्थिक पक्षमा सुधार हुनेछ । सहकर्मीको सहयोग पाइनेछ ।

वृश्चिक 
आत्मबल कमजोर हुनेछ । खर्च बढ्नेछ । ऋण वा कानुनी मामिलामा समस्या देखिन सक्छ । संयम र समझदारीले संकट टर्नेछ ।

धनु 
आम्दानी खर्च बराबर रहला । सन्तुलित निर्णय लिनु आवश्यक छ । नया“ अवसरहरू पाइनेछ । स्वास्थ्यको ख्याल राख्न जरूरी छ । 

मकर 
कार्यक्षेत्रमा प्रभावशाली व्यक्तिबाट सहयोग मिल्नेछ । पदोन्नति र आर्थिक लाभको योग छ । शुभ समाचार पाइनेछ ।

कुम्भ 
सफलताको योग छ । धर्मकर्ममा मन लाग्नेछ । नेतृत्व क्षमता विकास हुनेछ । कार्यमा व्यस्तताले परिवारलाई समय दिन कठिनाइ हुनेछ ।

मीन 
नयाँ योजना सुरु गर्न समय उत्तम छ । आर्थिक पक्ष बलियो हुनेछ । मान बढ्नेछ । स्वास्थ्यमा सतर्क हुनु आवश्यक छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राशिफल