नेभिगेशन
राशिफल

२०८२ मंसिर १ गते सोमबारको राशिफल

मेष 

खर्च बढ्नेछ, तर आम्दानीका केही अवसर पनि आउनेछन् । योजना अनुरूप काम अघि बढ्नु र ध्यानपूर्वक निर्णय लिनु जरुरी छ । 

वृष  

पारिवारिक कार्यमा व्यस्त रहनु पर्नेछ । खर्च बढ्ने सम्भावना छ, तर आवश्यक प्रयोजनका लागि हुनेछ । पुरानो मित्रसँग पुनः भेटघाट हुन सक्छ । 

मिथुन

खर्च बढ्न सक्छ । व्यापारमा निर्णयमा ढिलाइ नगर्दा हित हुनेछ । पाचनसम्बन्धी समस्या हुन सक्छ । परिवारमा मतभेद हुन सक्छ । 

कर्कट

सामान्य लाभको योग छ । पेसागत क्षेत्रमा नयाँ अवसर पाइनेछ । काम गर्ने ऊर्जा बढेको अनुभव हुनेछ । परिवारलाई समय दिइनेछ । 

सिंह

खर्च वृद्धि हुनेछ । महत्वपूर्ण काम पुरा हुनेछ । मान प्रतिष्ठा बढ्नेछ । घरपरिवारमा खुसीयालीको वातावरण रहला ।

कन्या

मेहनत अनुसार लाभ हुनेछ । व्यापारिक कारोबारमा फाइदाको योग छ । योजना अनुसार काम अघि बढ्नेछ । फुर्ती बढेको अनुभव होला ।

तुला

आम्दानीमा वृद्धि हुनेछ । लगानीमा सुझबुझ आवश्यक छ । पदोन्नतिको योग छ । घरेलु मामिलामा महत्वपूर्ण निर्णय लिइनेछ ।

वृश्चिक

अप्रत्याशित खर्च आइलाग्नेछ । व्यापारिक निर्णयमा परामर्श उपयोगी हुनेछ । मानसिक तनाव हुन सक्छ । विवादबाट टाढा रहनुहोस् ।

धनु

आर्थिक क्षेत्रको नयाँ योजना सफल हुनेछ । कार्यक्षेत्रमा प्रगतिको योग छ । स्वास्थ्य सामान्य रहला । पारिवारिक सम्बन्ध मधुर हुनेछ ।

मकर

खर्च बढ्नेछ, योजनाबद्ध काम गर्नुहोस् । कार्य व्यस्तता बढेअनुसार सफलता पाइनेछ । प्रेम जीवनमा सन्तुलन आउनेछ ।

कुम्भ

धन आर्जनका अवसर आउनेछन् । अध्ययन, अनुसन्धानमा लाभ हुनेछ । मान प्रतिष्ठा बढ्नेछ । प्रेम सम्बन्ध बलियो हुनेछ । 

मीन

आर्थिक फाइदाको योग छ । पेसागत क्षेत्रमा महत्वपूर्ण काम पूरा हुनेछ । यात्रा सावधानी अपनाउने बेला छ । पारिवारिक सहयोग पाइनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राशिफल