नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले विजयी सुरूआत गरेको छ । सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई २ ९ रनले पराजित गर्यो ।
जितका लागि पाएको १४८ रनको लक्ष्य पछ्याएको काठमाडौँ गोर्खाज १६ दशमलव ५ ओभरमा ११८ रनमा अलआउट भयो । काठमाडौँका आकाश त्रिपाठीले सर्वाधिक ३४, जोन सिम्सनले २४ रन जोडे पनि टोलीलाई जिताउन सकेनन् । सुदूरपश्चिमका लागि बलिङमा हर्मित सिंह, हेमन्त धामी र स्कट कुइगलेनले २/२ विकेट हात पारे ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल बनाएको हो ।
सुदूपश्चिमका लागि हर्मित सिंहले सर्वाधिक ५३ रनको योगदान दिए । उनले २० बलमा बलमै २ चौका र ६ छक्काको सहयोगमामा अर्धसतक बनाए ।
त्यसैगरी, कप्तान दीपेन्द्रसिंह ऐरीले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बनाए । आसिफ शेखले २५ रन जोडे भने इसान पाण्डेले ११ रन जोड्दै आउट भए ।
बलिङतर्फ काठमाडौँका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले समान दुई/दुई विकेट लिए । जीतसँगै सुदूरपश्चिमले २ अङ्क जोडेको छ । यसअघि सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई जितका लागि १४८ रनको लक्ष्य दिएको थियो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल बनाएको हो ।
सुदूपश्चिमका लागि हर्मित सिंहले सर्वाधिक ५३ रनको योगदान दिए । उनले २० बलमा बलमै २ चौका र ६ छक्काको सहयोगमा अर्धसतक बनाए ।
त्यसैगरी, कप्तान दीपेन्द्रसिंह ऐरीले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बनाए । आसिफ शेखले २५ रन जोडे भने इसान पाण्डेले ११ रन जोड्दै आउट भए ।
बलिङतर्फ काठमाडौँका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले समान दुई/दुई विकेट लिएका थिए ।
यसअघि भएको पहिलो खेलमा काठमाडौँले जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । यता पहिलो संस्करणको उपविजेतासमेत रहेको सुदूरपश्चिमको भने यो पहिलो खेल हो ।
सट्टाबाजी गराउन खोज्ने पक्राउ
एनपीएलको दोस्रो संस्करणको खेलमा हारजितको प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको हरियाणाका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाको बारबार्दिया नगरपालिका–७ का २४ वर्षीया रेविकासिंह ठकुरी रहेका छन् । ठकुरी भारतको चण्डीगढ बस्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
एनपीएल दोस्रो संस्करणको क्रिेकट प्रतियोगितामा सहभागी खेलाडीलाई स्पोन्सर गर्छौं भनी सामाजिक सञ्जाल ह्वाट्सएप र इन्स्ट्राग्राममार्फत सम्पर्क गरी सट्टाबाजी गराउन खोज्ने उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाजिम्पाटबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आज सार्वजनिक गरी थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँको जिम्मा लगाइएको कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।