मेष
सामान्य लाभको योग छ । रोकिएको पैसा फिर्ता हुन सक्छ । असावधानीले खर्च बढ्न सक्छ । निर्णयमा आत्मविश्वास बढ्नेछ ।
वृष
मध्यम स्तरको आयको सम्भावना छ । अनावश्यक किनमेलले खर्च बढ्न सक्छ । सहकर्मीले सघाउने छन् । प्रेम सम्बन्ध दरिलो हुनेछ ।
मिथुन
यात्रामा आर्थिक लाभ हुनसक्छ । निर्णयमा हतारिन नहुने बेला छ । पेसा व्यवसाय नयाँ सम्पर्क वृद्धि हुनेछ । बोल्दा होस् पुर्याउनु पर्नेछ ।
कर्कट
धनलाभको योग छ । परिवारका लागि खर्च हुनेछ । पेसा व्यवसायमा गतिरोध हटेर पुराना काम अघि बढ्नेछन् ।
सिंह
आम्दानी खर्च बराबरको अवस्था रहला । प्रतिस्पर्धाका कारण घाटा पर्न सक्छ । व्यवसाय योजनाहरू सफल हुन धैर्य राख्नुपर्ने बेला छ ।
कन्या
थोरै धनलाभ हुन सक्छ । व्यवसायमा कामको चाप हुनेछ । थकान दिन हुने दिन छ । प्रेम सम्बन्धमा मनमुटावको सम्भवना छ ।
तुला
लाभको अवस्था मध्यम छ । मनोरञ्जन तथा भेटघाटमा खर्च होला । पेसा व्यवसायको गति सामान्य रहनेछ । स्वास्थ्य राम्रो रहला । प्रेम/सम्बन्धः सुधार र मिठास ।
वृश्चिक
पुराना तनावबाट मुक्ति मिल्नेछ । पारिवारिक समर्थन प्राप्त हुनेछ । सीप प्रयोग गर्नेहरूका लागि राम्रो दिन ।
धनु
यात्राबाट लाभ हुनेछ । फजुल खर्चको सम्भावना छ । व्यवसायमा नयाँ सीपले फाइदा होला । स्वास्थ्य सामान्य रहनेछ ।
मकर
मध्यम लाभको योग छ । आर्थिक निर्णयमा हतार गर्दा नोक्सानमा परिएला । व्यवसायका बाधा हट्नेछन् । परिवारको साथ रहनेछ ।
कुम्भ
सामान्य लाभको योग छ । खर्चका दृष्टिले चुनौतीपूर्ण परिस्थिति हुनेछ । व्यवसायका समस्यामा सहयोगीको साथ रहनेछ ।
मीन
आम्दानी र खर्च बराबर रहनेछ । भावनात्मक आवेग नियन्त्रण गर्नुपर्ने बेला छ । व्यवसायमा प्रगति भए पनि मन अशान्त रहनेछ ।