राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो ।
जितका लागि पाएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि गुलबुद्धिन नैबले अविजित ४४ र कप्तान रोहितकुमार पौडेलले ३९ रन बनाए । बलिङतर्फ चितवनका रिजन ढकालले दुई तथा सोहेल तनविरले एक विकेट लिए ।
यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरको खेलम ७ विकेटको क्षतिमा १४२ रन बनायो । चितवनका लागि रवि बोपाराले ६६, कप्तान कुशल मल्लले २१, देव खनालले १४, दीपक बोहराले १०, सैफ जैबले १५ तथा अर्जुन साउदले अविजित १५ रन बनाए । बलिङतर्फ लुम्बिनीका रुबेल ट्रम्पलम्यानले तीन तथा अभिशेष गौतम र गुलबुद्धिन नैबले दुई दुई विकेट लिए ।
चितवनद्वारा लुम्बिनीलाई १४३ रनको लक्ष्य
यसअघि चितवन राइनोजले लुम्बिनी लायन्ससामु १४३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४२ रन बनाएको थियो । चितवनको सुरुवात भने सुखद रहेन । कुल ४३ रन जोड्दा तीन विकेट गुमाएको चितवनका लागि कप्तान कुशल मल्ल र रवि बोपराले ४४ रनको साझेदारी गर्दै पारीलाई सम्हाल्ने प्रयास गरे । १५ दशमलव २ ओभरमा टिमको स्कोर ८७ हुँदा कप्तान मल्ल व्यक्तिगत २१ रनमा आउट भए । रवि बोपरा भने अर्धशतकी पारी खेले । उनी ६६ रनमा आउट भएका थिए ।
यस्तै देव खनालले १४, दीपक बोहराले १०, सैफ जैब १५, अर्जुन साउँदले अविजित १५ र शाहिल तनवीरले पाँच रन बनाए । बलिङमा लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले तीन विकेट लिए भने अभिषेश गौतम र गुलबदिन नैबले दुई/दुई विकेट लिए ।
चितवन राइनोजका बोपाराको दोस्रो अर्धशतक
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजका रवि बोपाराले दोस्रो अर्धशतक बनाएका छन् । लुम्बिनी लायन्सबिरुद्ध आजको खेलमा बोपाराले ४५ बलमा चार चौका र दुई छक्काको मद्दतमा ५० रन बनाएका हुन् । उनले आजको खेलमा ५५ बल खेल्दै तीन छक्का र चार चौका हान्दै ६६ रनको योगदान दिए । बोपारालाई रुबेल ट्रम्पलम्यानले दिलिप नाथले क्याच आउट गराए । यसअघि बोपाराले यही मंसिर २ गते कर्णाली याक्सविरूद्ध पनि अर्धशतक प्रहार गरेका थिए । इंगल्याण्डका बोपारा दोस्रो पटक चितवनबाट एनपिएल खेलिरहेका छन् ।
जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्सका हरमित सिंह, विराटनगर किंग्सका लोकेश बम र मार्टिन गुप्टिल, पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल, कर्णाली याक्सका प्रियांक पञ्चाल र जनकपुर बोल्ट्सका आशिफ शेखले अर्धशतक बनाएका छन् ।