भर्खरै जारी गरिएको ‘वर्ल्ड इनइक्वालिटी रिपोर्ट २०२६’का अनुसार, विश्वको सबैभन्दा धनी १० प्रतिशतको स्वामित्वमा अब सबै व्यक्तिगत सम्पत्तिको तीन–चौथाइ (७५ प्रतिशत) हिस्सा छ । आम्दानीको अवस्था पनि खासै फरक छैन । शीर्ष ५० प्रतिशत कमाउनेहरूले कुल आम्दानीको ९० प्रतिशत भन्दा बढी घर लैजान्छन् । उता विश्वको सबैभन्दा गरीब आधा जनसंख्याले आम्दानीको १० प्रतिशत भन्दा कम प्राप्त गर्ने गरेका छन् । सन् २०१८ देखि वार्षिक रूपमा प्रकाशित हुँदै आएको यो रिपोर्टले २०२६ संस्करण महत्वपूर्ण समयमा आएको छ । विश्वव्यापी रूपमा, धेरै मानिसहरूको जीवनस्तर स्थिर भइरहेको छ । उता सम्पत्ति र शक्ति माथिल्लो वर्गमा सर्दै गइरहेको छ ।
सम्पत्ति र आम्दानी असमानता बीचका भिन्नताहरू
सम्पत्ति र आम्दानीको स्तर सधैँ एकैनाश हुँदैन । सबैभन्दा धनीहरू नै सबैभन्दा बढी कमाउनेहरू नहुन सक्छन् । यसले मानिसहरूले कमाएको र उनीहरूको स्वामित्वमा रहेको बीचको निरन्तर विभाजनलाई हाइलाइट गर्दछ । सम्पत्तिमा एक व्यक्तिको ऋण घटाएपछि बाँकी रहेको वचत, लगानी वा सम्पत्तिजस्ता कुल सम्पत्तिको मूल्य समावेश हुन्छ । सन् २०२५ मा, विश्वको सबैभन्दा धनी १० प्रतिशत जनसंख्याको स्वामित्वमा विश्वव्यापी सम्पत्तिको ७५ प्रतिशत थियो, मध्यम ४० प्रतिशतसँग २३ प्रतिशत थियो र सबैभन्दा तल्लो आधा जनसंख्याले २ प्रतिशत मात्र नियन्त्रण गरेको थियो । सन् १९९० को दशकदेखि, अर्बपति र खर्बपतिहरूको सम्पत्ति प्रत्येक वर्ष लगभग ८ प्रतिशतले बढेको छ । यो विश्वको तल्लो आधा जनसंख्याको वृद्धिको दरभन्दा लगभग दोब्बर हो । संसारमा अर्बपतिहरूको संख्या ६० हजारभन्दा बढी छ । जनसंख्याको हिसाबले ती सबैभन्दा धनी ०.००१ प्रतिशत हुन पुग्छन् । तिनले अहिले संसारकै आधा भन्दा तीन गुणा बढी सम्पत्ति नियन्त्रण गर्छन् । तिनीहरूको हिस्सा सन् १९९५ मा लगभग ४ प्रतिशतबाट बढेर अहिले ६ प्रतिशतभन्दा बढी पुगेको छ ।
यस्तोमा सबैभन्दा गरिबहरूले कम फाइदा उठाएका छन् तर यी फाइदा शीर्ष तहमा भइरहेको द्रुत सञ्चयले गर्दा ओझेलमा परेका छन् । परिणामस्वरूप यस्तो संसार बनेको छ, जहाँ सानो अल्पसंख्यकले असाधारण वित्तीय शक्ति राख्छ । जबकि अर्बाैं मानिसहरू अझै पनि आधारभूत आर्थिक सुरक्षाका लागि संघर्ष गरिरहेका छन् । आम्दानीलाई पेन्सन र बेरोजगारी बीमा योगदानहरू समायोजन गरेपछि, कर–अघिको आम्दानी प्रयोग गरेर मापन गरिन्छ । सन् २०२५ मा विश्वका सबैभन्दा धनी १० प्रतिशतले विश्वव्यापी आम्दानीको ५३ प्रतिशत प्राप्त गरे । मध्यम ४० प्रतिशतले ३८ प्रतिशत प्राप्त गरे भने तल्लो ५० प्रतिशतले जम्मा ८ प्रतिशत कमाए । उदाहरणका लागि, यदि विश्वमा १० जना मानिस थिए र कुल विश्वव्यापी आम्दानी एक सय डलर थियो भने, सबैभन्दा धनी व्यक्तिले ५३ डलर प्राप्त गर्नेछन् । अनि अर्को चार जनाले सामूहिक रूपमा ३८ डलर कमाउनेछन् । बाँकी रहेका पाँच जनाले ८ डलरलाई आपसमा बाँड्नेछन् ।
क्षेत्रीय रूपमा सम्पत्ति र आम्दानी कसरी विभाजित छ ?
असमानता विश्वभर धेरै फरक देखिन्छ । कुनै व्यक्तिको जन्मस्थानले उनीहरूको आम्दानी र कति सम्पत्ति बनाउन सक्छन् भन्ने निर्धारण हुन्छ । यद्यपि, क्षेत्रहरूमा गरीब र धनी देशहरू पनि समावेश छन् र रिपोर्टका तथ्याङ्कहरू औसत हुन् । सन् २०२५ मा, उत्तर अमेरिका र ओशिनियामा रहेका मानिसहरूको औसत सम्पत्ति, जसलाई रिपोर्टले एकसाथ समूहबद्ध गरेको छ । जसअनुसार विश्वको औसतको ३३८ प्रतिशत थियो त्यो, जसले यसलाई विश्वव्यापी रूपमा सबैभन्दा धनी क्षेत्र बनायो । आम्दानीको हिस्सा विश्वको औसतको २९० प्रतिशत थियो । यो विश्वमा सबैभन्दा उच्च हो । यूरोप र पूर्वी एसियाले यसलाई पछ्याएका छन् । ती देश पनि विश्वको औसतभन्दा माथि रहे जबकि उप–सहारा अफ्रिका, दक्षिण एसिया, ल्याटिन अमेरिका र मध्यपूर्वका ठूला भागहरू विश्वव्यापी औसतभन्दा धेरै तल रहे । विश्वव्यापी असमानताले एउटा कठोर चित्र देखाउँछ तर सम्पत्ति र आम्दानीको खाडलको मापन एक देशबाट अर्को देशमा व्यापक रूपमा फरक हुन सक्छ । केही राष्ट्रहरूले थोरै बढी सन्तुलित वितरण पनि नदेखाउने होइनन् । तर संसारका अन्य भागमा हेर्ने हो भने केही मुट्ठीभर मानिसहरूको हातमा सम्पत्तिको चरम एकाग्रता समेट्ने गरेका छन् ।
कुन–कुन देशमा आम्दानी असमानता बढी छ ?
दक्षिण अफ्रिकामा आम्दानी असमानताको स्तर सबैभन्दा उच्च छ । शीर्ष १० प्रतिशतले कुल आम्दानीको ६६ प्रतिशत कमाउँछन्, जबकि तल्लो आधाले ६ प्रतिशत मात्र प्राप्त गर्दछन् । ब्राजिल, मेक्सिको, चिली र कोलम्बिया जस्ता ल्याटिन अमेरिकी देशहरूले पनि यस्तै प्रवृत्ति देखाएका छन् । त्यहाँ सबैभन्दा धनी १० प्रतिशतले लगभग ६० प्रतिशत आम्दानी ओसार्छन् । युरोपेली देशहरूले बढी सन्तुलित चित्र प्रस्तुत गरिरहेका छन् । स्वीडेन र नर्वेमा, तल्लो ५० प्रतिशतले कुल आम्दानीको लगभग २५ प्रतिशत कमाउँछन्, जबकि शीर्ष १० प्रतिशतले ३० प्रतिशतभन्दा कम प्राप्त गर्छन् । अस्ट्रेलिया, क्यानडा, जर्मनी, जापान र बेलायत लगायत धेरै विकसित अर्थतन्त्रहरू बीचमा पर्छन् । शीर्ष १० प्रतिशतले कुल आम्दानीको लगभग ३३–४७ प्रतिशत कमाउँछन् । उता तल्लो आधाले १६–२१ प्रतिशत लिन्छन् । एसियामा, आम्दानी वितरण मिश्रित किसिमको देखिन्छ । बाङ्लादेश र चीनजस्ता देशहरूमा बढी सन्तुलित संरचना छ भने भारत, थाइल्याण्ड र टर्कीमा सोपानजस्तो शीर्ष–केन्द्रित देखिन्छ । जहाँ सबैभन्दा धनी १० प्रतिशतले कुल आम्दानीको आधाभन्दा बढी कमाउँछन् ।
कुन–कुन देशमा सम्पत्ति असमानता सबैभन्दा बढी ?
जब सम्पत्ति असमानताको कुरा आउँछ, फेरि पनि दक्षिण अफ्रिका सूचीको शीर्षमा छ । शीर्ष १० प्रतिशतले व्यक्तिगत सम्पत्तिको ८५ प्रतिशत नियन्त्रण गर्छन्, जसले गर्दा तल्लो ५० प्रतिशतको हिस्सा नकारात्मक हुन्छ । यसको अर्थ तिनीहरूको ऋण सम्पत्ति भन्दा बढी छ । रुस, मेक्सिको, ब्राजिल र कोलम्बियामा पनि यस्तै ढाँचा देखिन्छ । त्यहाँ सबैभन्दा धनीहरूले ७० प्रतिशत वा सोभन्दा बढी हिस्सा कब्जा गर्छन् । उता सबैभन्दा गरीबले मुस्किलले २–३ प्रतिशत प्राप्त गर्छन् । इटाली, डेनमार्क, नर्वे र नेदरल्यान्ड्सजस्ता युरोपेली देशहरू अपेक्षाकृत बढी सन्तुलित छन् । यहाँ, मध्यम ४० प्रतिशतले लगभग ४५ प्रतिशत कब्जा गर्छन्, र तल्लो आधाले अलिकति ठूलो हिस्सा लिन्छ । शीर्ष १० प्रतिशतको अझै पनि प्रभुत्व भने नदेखिने होइन । स्वीडेन र पोल्याण्डको तल्लो ५० प्रतिशतको सम्पत्तिमा नकारात्मक हिस्सा छ । संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया र जापानजस्ता धनी राष्ट्रहरू पनि असमानताबाट धेरै टाढा छन् । शीर्ष १० प्रतिशतले कुल आम्दानीको आधा भन्दा बढी कमाउँछन्, जबकि तल्लो आधाले केवल १–५ प्रतिशत मात्र पाउँछ । चीन, भारत र थाइल्याण्डलगायत एसियाका उदाउँदा अर्थतन्त्रहरूले पनि तीव्र असमानता देखाइरहेका छन् ।