नेभिगेशन
दृष्टिकोण

खामेनेईको उत्थान र पतन

आयातोल्लाह अली खामेनेईको ८६ वर्षको उमेरमा अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको ठूलो हवाई आक्रमणमा निधन भएको छ । उनले इरानको जटिल धर्मतान्त्रिक शासन व्यवस्थाको नेतृत्व गरे, जसलाई देशभित्र कठोररूपमा लागू गरियो र मध्यपूर्वका विभिन्न देशहरूमा प्रभाव विस्तार गर्ने नीति अपनाए ।
सन् १९८९ मा सर्वोच्च नेता बनेका खामेनेई त्यसअघि नै इरानका राष्ट्रपति थिए । इरानका ८८ सदस्यीय ‘असेम्ब्ली अफ एक्सपट्र्स’ वरिष्ठ शिया धर्मगुरुहरूको परिषद्ले उनलाई सन् १९७९ को इस्लामिक क्रान्तिका नेता रोहल्ला खामेनेईका उत्तराधिकारीका रूपमा चयन गरेको थियो ।
सर्वोच्च नेताका रूपमा उनले इरानको आणविक कार्यक्रमदेखि पश्चिमसँगको सम्बन्धसम्मका सबै महŒवपूर्ण विषयमा अन्तिम निर्णय गर्ने अधिकार राख्थे । उनी इरानी सशस्त्र बलका सर्वोच्च कमाण्डर थिए, जसमा नियमित सेना र इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स समावेश छन् । साथै उनले ‘प्रतिरोध अक्ष’को नेतृत्व गरे, जसमा लेबनानको हजबुल्लाह, गाजास्थित हमास र प्लास्टिनी इस्लामिक जिहाद, इराकका शिया मिलिसिया, यमनका हुथी विद्रोही तथा सिरियाका बसर–अल असद नेतृत्वको शासन समावेश थिए ।
उनको कार्यकालभर इरानले आणविक कार्यक्रमका कारण कडा अन्तर्राष्ट्रिय प्रतिबन्ध सामना ग¥यो । सन् २०१५ मा राष्ट्रपति हसन रोहानीको कार्यकालमा विश्व शक्तिहरूसँग संयुक्त व्यापक कार्ययोजनामा हस्ताक्षर गरियो । त्यसअघि उनले लचकताको संकेत दिएका थिए । तर सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताबाट अमेरिकालाई असंलग्न गराएपछि ‘अधिकतम दबाब’ नीति लागू गरिएको थियो ।
खामेनेईको शासनकालमा देशभित्र बारम्बार जनआन्दोलन भए । सन् २००९ को ‘ग्रीन मुभमेन्ट’, सन् २०१९ को ‘रक्तरञ्जित नोभेम्बर’ प्रदर्शन, र सन् २०२२ मा महसा जिना अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको ‘वुमन, लाइफ, फ्रीडम’ आन्दोलन सबै कठोर रूपमा दमन गरिए । मानवअधिकार उल्लङ्घनका आरोपहरू व्यापक बने ।
सन् २०२० मा  आईआरजिसीको कुद्स फोर्स प्रमुख क्वासिम सुलेमानीको अमेरिकाद्वारा हत्या गरियो । त्यही वर्ष युक्रेनी यात्रुवाहक विमान आईआरजिसीद्वारा झारिँदा १७६ जनाको ज्यान गयो । कोभिड–१९ महामारीका बेला पश्चिमी खोप आयातमा रोक लगाएपछि पनि उनी आलोचित बने ।
अन्तर्राष्ट्रिय स्तरमा उनले चीन र रूससँग सम्बन्ध सुदृढ गरे, साउदी अरेबियासँग पुनः सम्बन्ध स्थापना गरे, र इरानलाई शंघाइ सहयोग संगठन तथा ब्रिक्स समूहमा सहभागी गराए । तर इजरायलसँगको द्वन्द्व निरन्तर बढिरह्यो, विशेषतः ७ अक्टोबर २०२३ को हमास आक्रमणपछि यो क्रम तीव्र बन्न पुग्यो ।
जुन २०२५ मा इजरायलले इरानमाथि आकस्मिक आक्रमण गरेपछि १२ दिने युद्ध सुरु भयो, जसमा अमेरिकाले पनि इरानका आणविक केन्द्रहरूमा बमबारी ग¥यो । यद्यपि युद्धविराम गराइए पनि इरानको अर्थतन्त्र थप कमजोर बन्दै गयो । २०२६ जनवरीमा मुद्रा अवमूल्यनपछि देशभर आन्दोलन चर्कियो । व्यापक दमन र हजारौंको मृत्युको खबर आयो ।
१९३९ अप्रिल १९ मा मशहदमा जन्मिएका खामेनेई धार्मिक परिवारमा हुर्किएका थिए । युवावस्थामै उनी राजतन्त्रविरुद्धको आन्दोलनमा संलग्न भए र शाहको गोप्य प्रहरी ‘सावाक’ द्वारा पटक–पटक गिरफ्तार गरिए । सन् १९८१ मा उनीमाथि भएको हत्या प्रयासबाट बाँच्न सफल भए तर उनको दाहिने हात पक्षाघातग्रस्त भयो । १९६५ मा उनले मन्सुरे खोझास्तेह बाघेरजादेहसँग विवाह गरेका थिए । उनीहरूका छ सन्तान छन् ।
(द गार्डियनबाट साभार)
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
एउटा मानिसको खोजी

एउटा मानिसको खोजी

फागुन २१: दलहरूको अग्निपरीक्षा

फागुन २१: दलहरूको अग्निपरीक्षा

घोषणापत्रमा जनजातिका मुद्दा

घोषणापत्रमा जनजातिका मुद्दा

भर्खरै