नेभिगेशन
दृष्टिकोण
सन्दर्भः विश्व वातावरण दिवस

माटोको महत्व तथा यसलाई संरक्षण गर्ने उपायहरू

माटो एक प्रकृतिको देन हो । यो अमूल्य प्राकृतिक संसाधन पनि हो । विश्वको कुनै पनि देशमा माटोको महŒव अपरिहार्य रूपमा भएको पाइन्छ । किनभने माटोमा विशेष किसिमको उत्पादन शक्ति एवं गुण विद्यमान हुन्छ । माटो एक यस्तो तŒव हो जुन चट्टानको अपक्षय जनावर एवं वनस्पतिको अवशेष साथै विभिन्न भौतिक एवं रासायनिक प्रक्रियाद्वारा बन्दछ । माटो प्राकृतिक वातावरणको एक अभिन्न अंग हो । माटो यस्तो प्राकृतिक तŒव हो । जसको गहन सम्बन्ध हावापानी र वनस्पतिसँग हुन्छ । उत्पादनशीलताको साथै विभिन्न गुणहरू माटोमा निहित भएको पाइन्छ । 
यसप्रकार माटोको सम्बन्धमा के भन्न सकिन्छ भने माटोहरू यस्ता गतिशील तŒवहरू हुन्, जसमा भौतिक, रासायनिक एवं जैविक क्रियाकलापले प्रमुख भूमिका खेल्दछन् । माटोविज्ञहरू माटोलाई लाइफ लेस रेसिड्युअल लेयर एवं सरफेस भन्दछन् । भू–आकृति जलवायु एवं वनस्पतिले अप्रत्यक्षरूपमा माटोलाई परिवर्तन गराउँछन् । तसर्थ पृथ्वीमा माटो एक गतिशील तह हो भन्न सकिन्छ । अर्को शब्दमा भन्ने हो भने माटो विभिन्न खनिजहरू, चट्टानहरू एवं जैविक पदार्थबाट बन्ने तŒवहरूको सम्मिश्रित रूप हो । नेपाल एउटा पहाडी मुलुक हो । यहाँ धरातलीय विविधता व्याप्त छ । यहाँका निवासीको मुख्य पेसा कृषि हो । तसर्थ कृषिमा आश्रित देश हुनाले माटोको महŒव बढी हुनु स्वाभाविक हो । किनभने सबै किसिमको कृषि उत्पादन एवं उत्पादनको मात्रा माटोको गुणमा निर्भर गर्दछ । देशको धरातलीय विभिन्नताले हावापानी एवं वनस्पतिमा भिन्नता अंगाल्दछ । जसको फलस्वरूप माटोको किसिममा पनि भिन्नता आउँछ । सानो देश भए पनि यहाँ विद्यमान माटोमा विविधता एवं जटिलता भएको पाइन्छ । विश्वका विभिन्न प्रदेशमा पाइने माटो यहाँ पनि विद्यमान भएको पाइन्छ । हुन त अझै पनि नेपालमा माटोको सर्वेक्षण एवं वैज्ञानिक अनुसन्धान पूर्णरूपले हुन बाँकी छ । तैपनि देशमा भएको माटोको वितरणलाई हेर्दा जटिलतायुक्त भएको पाइन्छ । 
नेपालको कुल भूमिमा २७ प्रतिशत खेतीका लागि उपयुक्त छ । नेपालको वन क्षेत्रले करिब २९ प्रतिशत भू–भाग ओगटेको छ भने करिब १५ प्रतिशत जमिन हिमवेष्टित छ । कैंयन भू–भाग खेतीयोग्य छैन न जंगल आदि वनस्पतिसमेत पाइँदैन । सन् १९८५ सम्म १३.४ प्रतिशत जग्गा चरन क्षेत्र रहेकोमा हाल चरण क्षेत्र अतिक्रमण भइरहेको छ । करिब ३ प्रतिशत जमिन नदीनाला, ताल तलैयाले ओगटेको छ । मानवीय क्रियाकलापहरूका कारण माटोमा ह्रास आउने गर्दछ । मूलतः रासायनिक मलको अत्यधिक प्रयोग तथा एउटै किसिमको बाली लगाउने कारणले पनि माटोको प्रतिएकाई उत्पादन क्षमतामा ह्रास ल्याउने गर्दछ । नेपालको पहाडी भू–भाग भिरालो हुने हुँदा वर्षाको पानीले सतही तथा उर्वर माटो बगाएर लाने कारणले पनि माटोमा ह्रास आउने गर्दछ । उच्च वनविनाश, घुम्ती बालीको अभाव आदिका कारण माटोको उत्पादन क्षमतामा ह्रास आउने गर्दछ । अतः वातावरण सन्तुलनमार्फत यस्तो ह्रासपनमा कमी ल्याउनुपर्दछ । माटोको ह्रास तथा भू–क्षय नेपालका लागि ज्यादै चिन्ताको विषय बनेको छ । नेपालमा वार्षिक २४० मिलियन क्युबिक मिटर बराबरको माटो ह्रास हुँदै गएको तथ्य प्रकाशित भएको छ । खास गरेर भिरालो जग्गामा मात्र १.६ मिलिमिटर माटो क्षय भइरहेको पाइन्छ । वर्षातको समयमा झन् प्रतिवर्ष ३१५ देखि १४० टन प्रतिहेक्टर बराबरको माटो गुम्ने गरेको पाइन्छ । माटोको ह्रास हुनु प्राकृतिक प्रक्रिया हो । बाढी, पहिरो, नदीहरूको कटान आदिका कारणले भू–क्षयको स्थिति सिर्जना हुने गरेको पाइन्छ । 
माटो प्रकृतिको अमूल्य अंश हो र यसलाई व्यवस्थित उपयोग गरी प्राकृतिक रूपमा संरक्षण गर्ने हामी सबैको जिम्मेवारी हो । माटो बन्न जति समय लाग्छ, बिग्रन त्यति समय लाग्दैन । माटोलाई अव्यवस्थित उपयोग गर्दा, छोटो समयमा यसका भौतिक, रासायनिक तथा जैविक गुणहरू क्षय भएर उर्वर माटो अनुत्पादक बन्ने भएकाले माटोलाई प्रयोग गर्दा माटोका गुणहरू कायम रहने हिसाबले यसलाई दीर्घकालीन असर नपर्ने गरी उपयोग गर्नु उचित हुन्छ । माटो कृषिको मूल आधार हो र कृषिको हिसाबले माटो पृथ्वीको माथिल्लो सतह हो जसमा बोटबिरुवा अडिने, हुर्कने तथा वृद्धि विकास हुने एउटा माध्यम हो ।
माटो व्यवस्थापनका विविध पक्षहरूअन्तर्गत माटो व्यवस्थापन भन्नाले माटोको भौतिक, रासायनिक तथा जैविक गुणहरू कायम राख्नु वा सुधार गर्नु हो । दिगो माटो व्यवस्थापन गर्नका निम्ति भौतिक, रासायनिक तथा जैविक गुणहरूमा सुधार गर्नुपर्ने हुन्छ र त्यसका लागि विशेष ध्यान दिनुपर्दछ । प्रांगारिक पदार्थ माटोको मुटुका रूपमा मान्ने गरिन्छ र माटोमा प्रांगारिक पदार्थ वृद्धि गर्न कम्पोष्ट मल, गाईवस्तुको मल, गड्यौले मल, पिना आदिका साथै हरियो मल तथा ढाक्ने बाली, विशेषगरी कोसेबाली लगाउने गरिन्छ । माटोलाई सधैं छोपेर राख्नु राम्रो हो र माटोलाई ढाकेर राख्ने उद्देश्यले लगाइने बालीलाई ढाक्ने बाली भनिन्छ । ढाक्ने बालीमा विशेषगरी कोसेबालीहरू भएमा नाइट्रोजन तŒवको स्थिरीकरण हुन्छ र यस्ता बालीले माटोको भू–क्षय रोकथाममा सहयोग गर्नुका साथै माटोको बनोटमा समेत सघाउ पु¥याउँदछ । माटोलाई कडापन हुनबाट जोगाउनुका साथै जीवाणुहरूको संख्या र क्रियाकलाप वृद्धि गर्नमा मद्दत गर्दछ । उचित बाली चक्र अपनाउँदा माटोमा भएका विभिन्न खाद्य तŒवहरूको सदुपयोग हुने तथा माटोको बनोटमा समेत सुधार आउने हुन्छ । विभिन्न बालीहरूको जराको प्रकृति फरक हुने भएकाले माटोको तल्लो तहमा हुने तŒवहरूसमेत सदुपयोग हुन्छ ।
माटोलाई छापो दिने चलन पुरानो हो र यसले माटोको तापक्रमलाई कायम राख्नुका साथै माटोको चिस्यानसमेत लामो समयसम्म कायम राख्दछ । छापो दिने चलनले भू–क्षय हुनबाट समेत बचाउन सहयोग पु¥याउँदछ । प्राकृतिक छापो दिएमा पछि सढेर, गलेर यो छापो प्रांगारिक पदार्थमा परिणत हुन्छ र माटोको भौतिक, रासायनिक तथा जैविक गुणहरूको सुधारमा सहयोग पु¥याउँदछ । न्यून खनजोत गर्नाले माटोको बनोटमा सुधार आउनुका साथै भू–क्षय हुनबाट जोगिन्छ र माटोमा हुने जीवाणुलाईसमेत कुनै प्रकारको अप्ठ्यारो पर्दैन । माटोको चिस्यान कायम राख्नुका साथै माटोको भौतिक गुणस्तर वृद्धि गर्न संरक्षित कृषिले टेवा पु¥याउँदछ । कन्ट्रोर प्लोविङ तथा टेरासिङले भू–क्षय न्यूनीकरण, चिस्यान कायम गर्नुका साथै पानीको उपयोगमा वृद्धि गर्न सहयोग गर्दछ । माटोका गुणहरू सुधार गर्न प्रयोग गरिने विभिन्न प्रांगारिक मल, जीवाणु मल तथा कृषि सामग्रीहरूको माटोको उत्पादकत्वमा ठूलो भूमिका हुन्छ । अम्लीय माटो सुधारका निम्ति कृषि चुन प्रयोग गर्नुपर्दछ र यसले माटोको पी.एच. सुधार गर्नुका साथै माटोको भौतिक गुणमा समेत सुधार गर्दछ । कृषि कार्य गर्दा त्यसबाट निस्कने बालीका अवशेषहरू, झारपात तथा अन्य वस्तुहरू राम्रोसँग कुहाएर माटोमा प्रयोग गर्दा माटोको गुणस्तर वृद्धि हुने तथा खेतबारीसमेत सफा रहने भएकाले अवशेष व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनु जरुरी हुन्छ । 
बोटबिरुवालाई आवश्यक पर्ने खाद्यतŒव परिपूर्ति गर्नका लागि प्रांगारिक वा रासायनिक स्रोतबाट मलका रूपमा तŒवहरू दिने गरिन्छ र बाली विशेष अनुरूप सिफारिस मात्रामा मलखाद दिनुपर्दछ र मलखाद आवश्यक पर्ने समयलाईसमेत ध्यानमा राखी सही तरिकाले, सही मात्रामा, सही समयमा र सही स्रोतबाट आपूर्ति गर्नुपर्दछ । हाम्रो देशको माटोमा सूक्ष्म तŒवहरूको पनि कमी देखिएको हुँदा सूक्ष्म तŒवलाईसमेत ध्यानमा राखी सबै आवश्यक खाद्यतŒवहरू समुचित रूपमा दिनु जरुरी हुन्छ । हाल आएर जीवाणु मलको प्रयोग बढी प्रचलनमा आएको देखिन्छ र सकेसम्म एकीकृत खाद्यतŒव व्यवस्थापन प्रणाली अपनाउनु राम्रो मानिन्छ । माटोको उत्पादकत्व क्षमता कायम राख्न दिगो व्यवस्थापनको महŒवलाई बुझेरै नेपाल सरकारले धेरै वर्षअगाडि नै देशका विभिन्न स्थानमा माटो परीक्षण गर्न आवश्यक पर्ने न्यूनतम सुविधासहित कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । जस्तैः कृषि विभागका प्रादेशिक प्रयोगशाला, नेपाल कृषि अनुसन्धान परिषद् प्रयोगशालाहरू । अहिले अन्य गैरसरकारी तथा निजी प्रयोगशाला पनि सञ्चालनमा आएका छन् । जसले गर्दा माटो परीक्षणका प्रक्रियामा किसानहरूको पहुँचमा केही हदसम्म सुधार भएको देखिन्छ । तर, यो पर्याप्त भने होइन, अझ सरकार, निजी क्षेत्रहरूको सहकार्य, साझेदारीमा उपलब्ध भएका सबैखाले माध्यमको प्रयोग, प्रचारप्रसार गरी धेरै किसानसमक्ष माटोको नियमित परीक्षण, रेखदेख र उपयुक्त विधिमार्फत् दिगो व्यवस्थापन गर्नुपर्ने सूचना पु¥याउनुपर्ने देखिन्छ ।
(लेखक हाडा अधिवक्ता तथा भक्तपुर बहुमुखी क्याम्पसका अर्थशास्त्र विषयका अवकाशप्राप्त सह–प्राध्यापक हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्